बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँको सुकेधारा र अनामनगरमा विष्फोट, ३ जनाको मृत्यु

आइतबार, १२ जेठ २०७६, १७ : ५२
आइतबार, १२ जेठ २०७६

काठमाडौँ– काठमाडौँको सुकेधारा र अनामनगरमा भएको विष्फोटमा परेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्येमा १ जनाको सनाखत भएको छ  र २ जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

मृत्यु हुने प्रज्वल शाही रहेको प्रहरीको भनाई छ । शाहीको  अनामनगरस्थित घट्टेकुलोमा भएको विष्फोटमा परेर मृत्यु भएको हो ।  दुई मृतकको शव त्रिवि शिक्षण अपस्पताल र ओम अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ । 

घटनामा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको पहिचान भएको छ । पहिचान हुनेमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का, कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जन र विप्लवका कार्यकर्ता रविन केसी रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो ।  बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप