शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुकेधारामा विस्फोट : ६ जना घाइते

आइतबार, १२ जेठ २०७६, १६ : ४९
आइतबार, १२ जेठ २०७६

काठमाडौँ । काठमाडौँको सुकेधारमा ग्यास सिलिन्डर विस्फोट विस्फोट हुँदा ६ जना घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो । 

बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रकाश थापाले विस्फोट भएको जानकारी आएको बताउँदै प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको बताए ।

यता, प्रहरीले अनामनगरमा पनि ग्यास विस्फोट भएको खबर आएको जानकारी दिएको छ ।

अनामनगर विष्फोटको भिडियोः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप