शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीको पानवारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा संचालन

आइतबार, १२ जेठ २०७६, १६ : ३८
आइतबार, १२ जेठ २०७६

सुनसरी– राष्ट्रिय वाणिज्य बैक लिमिटेडले सुनसरीको पानवारीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

धरान उपमहानगरपालिका वडा न. ६ मा रहेको शाखाको प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरे ।  योसमेत गरी बैंकको शाखा संख्या २१९ पुगेको छ । उक्त शाखाको कारोबार भने गत बैशाख ३० गतेबाट संचालन भएको थियो ।

कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले प्रदेश नम्बर १ का दूरदराजमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा दिन सबैभन्दा अगाडि हुनुपर्ने बताए ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकले संघीय एवं प्रदेश सरकार सँग समन्वयन गरी दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुँच विस्तार गरिने वताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप