सिभिल बैंकको शाखा अब सुरुङ्गामा पनि
झापा– सिभिल बैंकले झापाको सुरुङ्गामा शाखा संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन गर्दै कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले नेपाललाई समृद्धि तर्पm लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागी आवश्यक पुजीको निर्माण गर्न आग्रह गरे । कन्काईमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि खुशी व्यक्त गरे ।
सभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीले बैंकले सामाजिक उत्तरदायित्वको वहन सँगसँगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने बताए ।
सिभिल बैंकको सुरुङ्गा शाखासहित कुल शाखा संख्या ७५ पुगेकोे पनि बैंकले जनाएको छ ।