मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्ध एयरले भोलिबाट कोलकाता उडान गर्ने

आइतबार, १२ जेठ २०७६, १४ : ३८
आइतबार, १२ जेठ २०७६

काठमाडौं–बुद्ध  एयरले सोमबारबाट भारतको कोलकाता उडान गर्ने भएको छ । कोलकाताको उडान सोमबार बिहान ८ बजे हुनेछ । तर जुलाईदेखि भने समय अगाडि सारेर सात बजे उडान गर्ने बुद्ध एयरले जनाएको छ । हाललाई बुद्ध एयरको एटिआर ७२ ले कोलकाताको उडान भर्नेछ । कोलकाताबाट आउने र जाने दुबै तर्फ यात्रुहरु भरिएका छन् । 

बुद्धले कलकता जाने र आउने भाडा प्रतिव्यक्ति २२ हजार रुपैयाँँ निर्धारण गरेको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले अगस्ट तीनबाट गुहावटीपनि उडान गर्ने तयारी भइरहेको बताए । 

गुहावटी उडानका लागि भारतले बुद्ध एयरलाई सैद्धान्तिक अनुमति दिइसकेको छ । सेप्टेम्बर १ देखि बुद्ध एयरले दैनिक ५ उडान भर्नेछ । ५५ उडान मध्यको एक कोलकाता उडान पनि हो । 

कोलकाता र गुहावटी उडानको मूल्यांकन अक्टोबर अन्तिममा गरिने र सफल भयो की भएन भन्ने मूल्यांकनबाट सफल भएमा उडानलाई निरन्तरता दिने उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप