मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नवनिर्वाचित सांसदहरुलाई मोदीको सुझाव : भीआइपी संस्कृति नदेखाउनुहोला, जनतालाई रिस उठ्छ

आइतबार, १२ जेठ २०७६, १४ : ०३
आइतबार, १२ जेठ २०७६

नरेन्द्र मोदी शनिबार भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (राजग) को नेता सर्वसम्मतिले चुनिएका छन् ।

संसदको केन्द्रीय कक्षमा नवनिर्वाचित सांसद र वरिष्ठ नेताहरुको बैठकले मोदीलाई नेता चुनेको हो ।

अब मोदी नयाँ सरकार गठनको दावी पेश गर्न राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट गर्नेछन् । यसपछि मोदीलाई नयाँ प्रधानमन्त्रीको रुपमा शपथ गराइनेछ । शपथग्रहण समारोह आगामी साता आयोजना गरिने सम्भवाना रहेको छ ।

भाजपा अध्यक्ष अमित शाहले भने, ‘मोदीलाई सर्वसम्मतिले २५३ सांसदले संसदीय दलको नेता चुनेका छन् ।’

यस दौरान मोदीले संसद र नेताहरुको अभिवादन स्वीकार गरे ।

राजगका वरिष्ठ नेताहरुले गठबन्धका नेताको रुपमा मोदीको चुनावको समर्थन गरेका थिए । जसमा जदयू अध्यक्ष नीतीश कुमार, शिवसेना प्रमुख उद्धव ठाकरे र अकाली दलका प्रकाश सिंह बादल उपस्थिति थिए ।

यसअघि मोदी भाजपाको संसदीय दलको नेता चुनिएका थिए ।

केन्द्रीय कक्षमा आयोजित बैठकमा भाजनाका वरिष्ठ नेता लालकृष्ण आडवानी र मुरली मनोहरी जोशी पनि मञ्चसीन थिए ।

शाहले मोदीको नाम प्रस्ताव गरेका थिए भने पूर्व पार्टी अध्यक्षद्वय राजनाथ सिंह तथा नितिन गडकरीले प्रस्ताव अनुमोदन गरे ।

मोदीको चुनाव मात्र औपचारिकता थियो किनभने राजगले पहिले नै उनलाई गठबन्धनबाट प्रधानमन्त्री पदको दाबेदार घोषित गरेका थिए ।

संसदको केन्दूीय कक्षमा नरेन्द्र मोदीले भने, ‘२०१४ मा मैले भनेको थिएँ, मेरो सरकार देशका दलित, गरीब, पीडित, आदिवासीहरुलाई समर्पित हो । आज पनि म भन्न चाहन्छु, पाँ वर्षमा मैले भनेको कुरालाई ओझेल हुन दिइनँ ।’

उनले भने, ‘सन् २०१४ देखि २०१९ सम्म हामीले गरीबका लागि सरकार चलायौँ र आज म ठूलो सन्तोषले भन्न सक्छु आज यो सरकार देशका गरीबहरुले बनाएका हुन् ।’

नरेन्द्र मोदीले नवनिर्वाचित लोकसभा ससदस्यहरुलाई आफूनलाई बदल्न सुझाव दिए । उनले भने, ‘भीआइपी संस्कृतिसँग देशलाई ठूलो आक्रोश छ । हामी नागरिक हौँ भने उनीहरुसँग लाइनमा किन बस्न सक्दैनौँ । म चाहन्छु कि हामीले जनतालाई ध्यानमा राख्दै आफूहरुलाई बदलौँ । गाडीबाट रातोबत्ति हटाउँदा कुनै आर्थिक फाइदा भएन तर जनताको बीचमा राम्रो सन्देश गयो ।’

उनले भने, ‘यस देशमा धेरै नरेन्द्र मोदीको जन्म भएको छ । जो जितेर आएका छन् । उनीहरु सबै मेरा हुन् ।’

मोदीले वरिष्ठ भाजपा नेता लाल कृष्ण आडवानीलाई उद्धृत गर्दै भने, ‘आडवानी जी भन्नुहुन्थ्यो, दुई कुराबाट बच्नुपर्छ – एक छपास र दोस्रो दिखास । छपास आर्थत् छापिने मोह र दिखास आर्थन् देखिने मोह ।’

उनले नयाँ सदस्यहरुलाई भीआइपी संस्कृतिबाट बच्न सुझाव दिए ।

५४२ सिटको लोकसभा निर्वाचनमा भाजपा एक्लैले ३ सय ३ सिटमा जीत हासिल गरेको छ भने कँग्रेस ५२ सिटमा समेटिएको छ ।

शनिबार राष्ट्रपति रामनाथ कोविन्दले १६ औँ लोकसभा भङ्ग गर्न क्याबिनेटको सिफारिशलाई स्वीकार गरेका छन् । १६ औँ लोसभाको कार्यकाल जुन ३ मा समाप्त हुनेछ । यसको पहिलो बैठक ४ जुन २०१४ मा बोलाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप