अप्सराको ठग्ने यस्तो शैली, आफूखुशी रकम लेखी चेक बाउन्स !
आइतबार, १२ जेठ २०७६, १३ : ५०
१
काठमाडौं- काठमाडौं महानगरपालिका-१५ स्वयम्भुस्थित फेन्सी पसल संचालन गरी बस्ने सिन्धुपाल्चोक पाङग्रेटार घर भएकी ३६ वर्षीया अप्सरा श्रेष्ठ (कार्की) लाई प्रहरीले पक्राउ गरेकाे छ ।
ब्ल्याङ्क चेक लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा शुक्रबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हाे ।
अप्सराले अशिक्षित महिला तथा पुरुषहरुलाई घर व्यवहार चलाउन बढीमा २०/२५ हजार ऋण सापटी दिई सावाँ रकम असुली गर्नु अगावै विश्वास दिलाई ब्ल्याङ्क चेक लिने र आफू खुशी रकम लेखी चेक बाउन्स गराई, सावाँ, व्याज अशुल गरे पनि चेक फिर्ता नगरी आफुखुशी रकम थप गरी दुख: हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
अप्सराको पसलबाट बिभिन्न बैकका ब्ल्याङ्क चेक लगायत सामानहरु समेत प्रहरीले बरामद गरेको छ ।