शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सगरमाथाबाट ल्याइएको ‘पत्थर’ विमानस्थलबाट बरामद

आइतबार, १२ जेठ २०७६, १३ : २८
आइतबार, १२ जेठ २०७६

काठमाडौं–सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको अवैध ‘पत्थर’ प्रहरीले बरामद गरेको छ । 

सगरमाथा क्षेत्रमा भेटिएको पत्थर आरोहणबाट फर्किएका एक आरोहीले ल्याएकोमा त्रिभुवन विमानस्थलबाट प्रहरीले बरामद गरेको हो ।

आरोही पेम्बा दोर्जे शेर्पाले र अर्का एक विदेशी नागरिकसमेतले ल्याएको सो ‘पत्थर’ संकास्पद देखिएकाले बरामद गरी बन विभागका अधिकारीलाई जिम्मा लगाइएको प्रहरी स्रोतले जनाएको छ । 

 हेलिकप्टरमार्फत आइतबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनीहरु बाहिरिने क्रममा चेकजाँच हुँदा सो पत्थर फेला परेको थियो । 

पत्थर फेला परेपछि उनीहरुलाई केहीबेर नियन्त्रणमा लिएर बन विभागका अधिकारीलाई पत्थर जिम्मा लगाएर छाडिएको बताइएको छ । 

सोही हेलिकप्टरमा  सगरमाथा आधार शिविरमा खटिएका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत समेत सवार थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप