बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी विज्ञप्ति : आरोहीहरुको मृत्युको एकमात्र कारण आरोहण मार्गमा रहेको चाप होइन

सामाजिक सञ्जालबाट सगरमाथाको गरिमामा आँच आउने गरी दुष्प्रचार गरियो
आइतबार, १२ जेठ २०७६, १२ : ४४
आइतबार, १२ जेठ २०७६

पर्यटन विभागले सगरमाथा आरोहणका सम्बन्धमा सामाजिक सञ्जालबाट दुष्प्रचार भएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै विभागले सगरमाथा हिमालको आरोहणका क्रममा मृत्यु भएका आरोहीहरुको विषयलाई लिएर सामाजिक सञ्जालबाट नियम विपरित धारणा फैलाउने तथा पुराना फोटो तथा भिडियो प्रयोग गरेर सगरमाथाको गरिमा र महत्वलाई होच्याउने काम भएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले भनेको छ– ‘आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने विषय भएकोले यस्ता गंभिर विषयप्रति आफ्ना धारणा सार्वजनिक गर्नुपूर्व सवैले ध्यान पु¥याई यस विभागको महत्त्वपूर्ण र संवेदनशील मानिने पर्वतारोहण कार्यमा सबैको सहयोगको अपेक्षा गरेको छु ।’

हालै सामाजिक सञ्जाल फेसबुकमा एक बिदेशी आरोहणकर्ताले सगरमाथा शिखरमा हस्तमैथुन गरेको भनिएको फोटो भाइरल भइरहेको छ । सो बारेमा विभागले स्पष्ट रुपमा खण्डन नगरेपनि पुराना फोटो प्रयोेग गरेर सगरमाथाको गरिमालाई होच्याउने काम गरेको भन्दै त्यसप्रति संकेत गरेको छ । 

यो वर्ष मौसम प्रतिकूल भएका कारण बैशाख ३१ गतेदेखि सगरमाथामा डोरी टाँग्ने काम गरेको र बैशाख २ गते कम संख्याका आरोहीले सगरमाथा आरोहण गरेको, बैशाख ७ देखि १० गतेसम्म मौसम अनुकुल रहेपनि बैशाख ७ गते आरोहणको योजना बनाएकाहरु हावाहुरीका कारण चौथो शिविरमै बस्न बाध्य भएको विभागको भनाई छ ।

बैशाख ८ र ९ गते सगरमाथाको चौथो शिविर र त्यो भन्दा माथि केही बाक्लो संख्यामा आरोहीहरु रहेको भएपनि आरोहीहरुको मृत्युको एकमात्र कारण आरोहण मार्गमा रहेको चाप मात्र हो भन्ने धारणाले प्रचार गर्नु दुःखपूर्ण रहेको विभागले बताएको छ ।

विभागका अनुसार यसवर्ष सगरमाथा आरोहणका लागि जाँदा तथा फर्कदा आरोही, शेर्पा, सरदारको मृत्यु तथा हराएकाहरुको संख्या १६ पुगेको छ ।

यसवर्ष हालसम्म ३२ वटा हिमालका लागि १ सय १६ आरोहण अनुमतीपत्रि मार्फत ८ सय ९५ जनालाई हिमाल आरोहणको अनुमतिपत्र दिइएको छ । यस्तै ४४ अनुमतिपत्र मार्फत ३ सय ८१ आरोहीलाई सगरमाथा आरोहणको अनुमतिपत्र दिइएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप