शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

आइतबार, १२ जेठ २०७६, १२ : १९
आइतबार, १२ जेठ २०७६

काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । 

उपराष्ट्रपति पुन आगामी जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवास नेम्वाङ, मन्त्रीहरुलगायतले विदाई गरेका थिए । 

त्यस अवसरमा उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण समेत गरेको थियो ।

उपराष्ट्रपति पुनले भियनामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी अष्ट्रियन विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । त्यसैगरी उनले अष्ट्रिया भ्रमणको क्रममा जेष्ठ १५ गते अष्ट्रियाको इन्सबु्रकमा आयोजना हुने अन्तराष्ट्रिय सगरमाथा दिवस कार्यक्रममा पनि सहभागी गर्ने कार्यक्रम रहेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलगायतका रहेका छन् । 

उपराष्ट्रपति पुन आगामी जेष्ठ १८ गते शनिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप