न्युजिल्यान्डसँग हार्यो भारत
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दाबेदार भारत विश्वकपको तयारीमा लागि खेलिएको खेलमा न्युजिल्यान्डसँग नमिठो हार खेपेको छ ।
आइतबार अबेर सम्पन्न खेलमा भारत न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएको हो ।
भारतले दिएको एक सय ८० रनको सामान्य लक्ष्य न्युजिल्यान्डले ३७.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो ।
न्युजिल्यान्डको जितमा रोस टेलरले सर्वाधिक ७१ रन बनाए । कप्तान केन विलियमसनले ६७ रन जोडे । मार्टिन गुप्टिलले २२ रन बनाएका थिए । बलिङमा भारतका जस्प्रित बुम्राह, रविन्द्र जडेजा, हार्दिक पाण्डया र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ३९.२ ओभरमा सवै विकेटको क्षतिमा एक सय ७९ रन मात्र बनाउन सकेको थियो । भारतका लागि रविन्द्र जडेजाले ५४ रन बनाए । हार्दिक पाण्डयाले ३०, कुलदिप यादवले १९, कप्तान विराट कोहली १८ र महेन्द्र सिंह धोनीले १७ रन बनाएका थिए ।
भारतलाई सस्तोमा समेट्न न्युजिल्यान्डका ट्रेन्ट बोल्टले चार विकेट लिए । जेम्स निशमले तीन विकेट झारेका थिए । टिम साउदी, लोकी फग्र्युसन र कोलिन डी ग्रान्ड होमले एक एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन