शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिलाले पार्किङमा जन्माइन् बच्चा, त्यसपछि अर्डर गरिन् बर्गर

आइतबार, १२ जेठ २०७६, ११ : २४
आइतबार, १२ जेठ २०७६

एक महिलाले म्याकडोनल्डको कार पार्किङमा बच्चा जन्माएकी छिन् । बच्चालाई जन्म दिएपछि उनले क्वार्टर पाउन्डर नामको ह्यामबर्गर अर्डर गरेकी छिन् ।

महिलाका श्रीमानले आफ्नी श्रीमतीले भर्खरै बच्चालाई जन्म दिएको र श्रीमतीले अर्डर गरेको बर्गर लिन आएको बताएपछि म्याकडोनल्डका कर्मचारी चकित परेका थिए ।

म्याकडोनल्डको अष्ट्रेलियाको मेलबर्नस्थित क्रोएडोन शाखाले उनलाई जतिसक्दो छिटो सेवा प्रदान गरेको रिपोर्टले बताएको छ ।

नयाँ आमाले एम्बुलेन्स कुरिराख्दा बर्गर खाएको बताइन्छ ।

म्याकडोनल्डका एक कर्मचारीले भने, ‘दिउँसो खाजा खानेबेला उनको अर्डर आएको थियो । उनको श्रीमानले आफ्नी श्रीमतीले भर्खरै बच्चा जन्माएको बताएका थिए ।’

‘हामीले उनलाई छिटोभन्दा छिटो सेवा दियौं । हामीले केही पेय पदार्थ र डिनर बक्स पनि उपलब्ध गरायौं ।’

‘कार पार्कमा यस्तो घटना हुनु निकै रोचक हो, हामीले कार पार्किङमा गएर हेर्दा उनीहरुलाई एम्बुलेन्समा लैजाँदै गरेको देख्यौं । महिलाको स्वास्थ्य सामान्य भएको स्थिती हेर्दा बुझ्न सकिन्थ्यो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप