शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्नले जित्यो जर्मन कप

आइतबार, १२ जेठ २०७६, १० : ०८
आइतबार, १२ जेठ २०७६

जर्मन कप फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ ।

बर्लिनमा शनिबार राति भएको एकपक्षीय फाइनल खेलमा साविक विजेता समेत रहेको बायर्नले आरबी लेपिजिगलाई ३–० गोलले हराउँदै उपाधि रक्षा गरेको हो ।

बायर्नले यससँगै पछिल्लो १९ वर्षमा १२औं पटक दोहोरो उपाधि जितेको छ । बायर्नले यसै साता जर्मन बुन्डेस लिगको उपाधि समेत जितिसकेको छ ।

बायर्नको जितमा स्टार स्ट्राईकर रोवर्ट लेवान्डोस्कीले दुई गोल गरे । अर्को गोल किङ्सले कोमानले गरे । बायर्नले २९औं मिनेटमा लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा एक गोल गरेको बायर्नले दोस्रो हाफमा दुई गोल थपेको थियो । ७८औं मिनेटमा किङ्सले कोमानले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

८५औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको उपाधि सहज बनाएका थिए ।

खेलको सुरुमा आक्रामक देखिएकको लेपिजिग विस्तारै सिथिल बनेको थियो । बायर्नको यस उपाधिसँगै आर्जेन रोवेन र फ्रान्क रिवेरीका लागि क्लबमा अन्तिम खेल भएको छ । यी दुवै खेलाडीले यस सिजनबाट क्लब छाड्ने निर्णय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप