मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मिक्लाजुङ हत्याकाण्डः स्थलगत अनुसन्धान अन्तिम चरणमा

आइतबार, १२ जेठ २०७६, ०७ : ५९
आइतबार, १२ जेठ २०७६

सोमबार राति मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा दुई घरका नौजनाको हत्या भएको घटनाबारे भइरहेको स्थलगत अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।   

रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयलाई केन्द्र बनाएर केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेशअन्तर्गतको विशेष प्रहरी र जिल्ला प्रहरीको टोली घटनास्थल आसपासका क्षेत्रमा अनुसन्धानका लागि खटिएको छ ।  घटनाबारे बढेको चौतर्फी चर्चाका कारण सुरक्षा चिन्ता बढेसँगै अनुसन्धान प्रभावकारी बनाउने भन्दै खटाइएको सो विज्ञ टोली फर्कने तयारीमा छ ।

घटनास्थल मिक्लाजुङ–३ को आरुबोटे र आसपासका क्षेत्रको स्थलगत अनुसन्धान, हत्यामा प्रयोग भएका सामग्री संकलन, छिमेकी, आफन्तलगायत विभिन्न व्याक्तिसँगको सोधपुछ तथा प्राविधिक परीक्षणमा प्रहरी जुटेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले बताए । यो समाचार आजको नागरिक दैनिकमा  गिरिराज बाँस्कोटाले लेखेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप