शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

११ खर्बको आयातमा २ खर्बको पेट्रोलियम पदार्थ

आइतबार, १२ जेठ २०७६, ०७ : ४०
आइतबार, १२ जेठ २०७६

चालू आर्थिक वर्षको १० महिनामा ११ खर्ब ७८ अर्ब रुपैयाँको आयात हुँदा २ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । बजारमा इन्धनको माग बढ्दै गएकाले पेट्रोलियम पदार्थ सबैभन्दा धेरै आयात भएको हो ।

मुलुकमा आयात हुनेमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार १० महिनामा २ खर्ब ६ अर्ब ९० लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

बढ्दो विलासीताले सवारी साधनको प्रयोग बढेसँगै बजारमा इन्धनको खपत वृद्धि हुँदै गएको हो । यो समाचार आजको कारोबार दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप