बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी

आइतबार, १२ जेठ २०७६, ०७ : १६
आइतबार, १२ जेठ २०७६

हरिहरपुरगढी गाउँपालिका–१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ । प्रधानध्यापक गोपालसिंह थिङले एक्लै पालैपालो सबै कक्षामा पढाउँदा एउटा कक्षाका विद्यार्थीलाई दिनमा एक पिरियड मात्रै पढाउने गरेका छन् । 

‘एकजनाले पाँचवटा कक्षाकोठामा पढाउनुपर्ने अवस्था छ । दिनमा एक कक्षाकोठामा एक घन्टी मात्र जान भ्याइन्छ । अन्य समय विद्यार्थीलाई पढ्दै गर, फलानो पाठ पढ भन्नुको विकल्प छैन ।’उनले भने । 

विद्यालयमा ९० जना विद्यार्थी छन् । नौजना बालविकास कक्षामा अध्ययनरत छन् भने एकदेखि पाँच कक्षासम्म ८१ विद्यार्थी छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा विदुर पौडेलले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप