मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा फेवातालबाट १३ जनाको सकुशल उद्दार

शनिबार, ११ जेठ २०७६, २० : ५३
शनिबार, ११ जेठ २०७६

कास्की जिल्लाको पोखरा महानगरपालिका–६ स्थित फेवातालबाट जेठ १० गते एपीएफ टोलीले १३ जनाको  सकुशल उद्वार गरेको छ ।

सो तालमा दुई वटा डुङ्गामा बोटीङ गरिरहेका नेपाली र भारतीय नागरीक गरी १३ जना व्यक्तीहरु सवार डुङ्गामा हावाहुरी र बर्षाको कारण पानी पसेर डुङ्गा डुब्न लागेको अवस्थामा एपीएपm टोलीले उद्वार गरेको हो  ।

सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कास्की नम्वर २४ गणबाट फेवाताल रेस्क्यु टावरमा खटीएको सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र बिष्टको कमाण्डको एपीएपm टोलीले तत्कालै उनीहरुलाई उद्वार गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप