मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

उर्जामन्त्री पुन र राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता, के भयो कुराकानी ?

शनिबार, ११ जेठ २०७६, १९ : ३७
शनिबार, ११ जेठ २०७६

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ झेनमिनबीच भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा युएन र सरकारबीच गर्न सक्ने सहकार्य र दिगो विकासको वारेमा छलफल भएको थियो । 

मन्त्री पुनले भेटमा नेपालले उर्जाको पहुँचलाई प्राथमिकतामा राखरे काम गरिरहेको बताए । उनले १० वर्षमा १५ हजार मेगावाट विजुली उत्पादज गर्ने लक्ष्य सरकारले राखेको भन्दै त्यसका लागि काम अघि बढिरहेको जानकारी दिए । 

अमेरिकाको न्यूयोर्कमा शुक्रबार राष्ट्रसंघीय फोरमलाई सम्बोधन गरेपछि मन्त्री पुनले त्यहाँका उपमहासचिवसँग भेटवार्ता गरेका थिए । भेटमा मन्त्री पुनले नयाँ संविधान जारी भएसँगै देशमा स्थिर सरकार बनेको र अहिले दीगो विकासको लक्ष्यसहित सामाजिक–आर्थिक विकासको बाटोमा अगाडि बढेको धारणा राखे । 

उनले सफा उर्जाबाट आयातित पेट्रोलियम घटाउँदै जाने नेपालको लक्ष्य रहेको बताउँदै अहिले निर्माण भइरहेका जलविद्युत परियोजनाबाट यस क्षेत्रमा महत्वपूर्ण प्रगती भइरहेको दाबी गरे । 

मन्त्री पुनले एसडिजी सेभेनको लक्ष्य महत्वपुर्ण भएको भन्दै त्यसलाई पुरा गर्न सरकारले कार्यक्रममै राखेर उच्च प्राथमिकताका साथ अघि बढाएको बताए । 

जवाफमा उपमहासचिव झेनमिनले नेपालको उर्जा र जलविद्युतको क्षेत्रमा निकै ठुलो सम्भावना रहेको भन्दै संयुक्त राष्ट्रसंघको आर्थिक,सामाजिक तथा विकास परिषद सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे । 

उनले उर्जा क्षेत्रमा पनि नेपालले गरिरहेको प्रगतीको प्रशंसा गरे । उपमहासचिव झेनमिनले संयुक्त राष्ट्रसंघ नेपाल सरकारसंग नजिक रहेर काम गर्न ईच्छुक रहेको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप