शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीले सभ्य, शिष्ट र नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्छ : आईजीपी खनाल

शनिबार, ११ जेठ २०७६, १९ : २४
शनिबार, ११ जेठ २०७६

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नयाँ भवनको स्थानपनासँगै प्रहरीले नयाँ तरिकाले सभ्य, शिष्ट एवम् नागरिक मैत्री व्यवहार गरी सेवा प्रदान गर्नुपर्ने बताएका छन् ।

चितवन भरतपुर महानगरपालिका–१८ स्थित ईलाका प्रहरी कार्यालय चनौलीको नियमित बजेटबाट नवनिर्मित व्यारेक भवन तथा मेसको समुद्‌घाटनको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उक्त कुरा आईजीपी खनालले बताएका हुन् । 

सम्बोधनको क्रममा आईजीपी खनालले नेपाल प्रहरीको अहम भूमिका समाजमा शान्ति सुरक्षा कायम गर्नुका साथै अपराध नियन्त्रण गर्नु रहेको चर्चा गर्दै अपराध नियन्त्रण तथा शान्ति स्थापनामा लोभ लालच नराखी कानुनी कठोरता एवम् निर्भयपूर्वक तथा विवेकपूर्ण निर्ममता अपनाई कार्य गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए । 

कुनै पनि प्रहरी कर्मचारीलाई गल्ती गर्न छुट नरहेको बताउँदै सम्पूर्ण प्रहरी कर्मचारीहरुले आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने र तोकिएको जिम्मेवारी पुरा नगरेमा कानून बमोजिम कारवाही गरिने समेत उहाँले बताए । 

कुनै पनि अपराधी अपराध गरेर जुनसुकै स्थानमा बसे पनि त्यसलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव क्रियाशिल रहेको बताउँदै अवैध सामाजिक क्रियाकलाप नियन्त्रण, शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउँदै लगिने समेत बताए । 

नागरिकको चाहना अनुरुप प्रहरीले प्रदान गर्ने सेवा प्रति नेपाल प्रहरी सदैव कटिवद्ध रहेको व्यक्त गर्दै नेपाल प्रहरीले अंगिकार गरेको समुदाय९प्रहरी साझेदारी अवधारणले प्रहरी र समुदायको भावना जोडिएको हुँदा समाजलाई सुरक्षित बनाउन अहोरात्र खटिने प्रहरी कर्मचारीलाई थप उर्जा प्राप्त भएको समेत बताए । 

साथै समुदाय–प्रहरी साझेदारी अवधारण अन्तर्गत महिला हिंसा, मानव वेचबिखन, सडक सुरक्षा र व्यक्तिको सुरक्षा लगायत विविध विषयहरुमा नेपाल प्रहरीले ‘प्रहरी सँग १ दिने’ कार्यक्रहरु संचालन गरिएको समेत उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप