शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पारस खड्काको कप्तानीमा रहेकोे प्रदेश तीन ४१ रनले पराजित

शनिबार, ११ जेठ २०७६, १८ : ५४
शनिबार, ११ जेठ २०७६

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार विभागीय टोली एपीएफ क्लब विजयी भएको छ । एपीएफले पारस खड्काको कप्तानीमा रहेकोे प्रदेश ३ लाई ४१ रनले हरायो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रतियोगिताको दोस्रो खेलमा एपीएफविरुद्ध राष्ट्रिय टोलीकुा उपकप्तान ज्ञानेन्द्र मल्लको शतक खेर गएको थियो । ज्ञानेन्द्र मल्लले एक सय १७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । 

एपीएफले दिएको दुई सय ८९ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश ३ ले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ४७ रन मात्र बनाउन सक्यो । प्रदेश ३ का लागि कप्तान खड्काले ४६ रन बनाए । ओपनर रीत गौतमले २७, सोनु देवकोटाले १५ र ईशान पाण्डेले १२ रन बनाए । 

अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका कमलसिंह ऐरीले तीन विकेट लिए । अविनाश बोहराले दुई तथा पृथु बाँस्कोटा र भुवन कार्कीले एक÷एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पूरै ५० ओभरमा नौ विकेटको क्षतिमा  दुई सय ८८ रन बनाको थियो । एपीएफका लागि सुमित महर्जन र कप्तान पृथु बास्कोटाले अर्धशतकीय पाली खेले । 

एपीएफको उच्च स्कोरमा सुमितले ९४ रनको योगदान दिए । पृथुले ५८ बलको सामना गर्दै तीन चौका र एक छक्काको मद्दतमा ५९ रन बनाए । यस्तै प्रदीपसिंह ऐरीले ४० रन जोड्दा अमरसिंह रौटेलाले अविजित २७ रन बनाए ।

प्रदेश ३ का नन्दनकुमार यादव र जितेन्द्र ठकुरीले तीन–तीन विकेट लिए । कप्तान पारस खड्का र सूर्य तामाङले एक÷एक विकेट हात पारे । जितसँगै एपीएफले महŒवपूर्ण दुई अंक जोडेको छ ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित १० टोलीले सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताका विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप