बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो प्रहरी वकिलको सम्मेलन

शनिबार, ११ जेठ २०७६, १८ : ४७
शनिबार, ११ जेठ २०७६

उच्च अदालत जनकपुरका मुख्यन्यायधीश हरिकुमार पोखरेलले अपराध गर्नेलाई सजाय र पिडितलाई न्याय दिलाउनका लागि अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकरी वकिलको अहम भूमिका भएकाले अनुसन्धानको क्रममा सप्रमाणको आधारमा इमान्दारीपूर्वक लाग्नुपर्ने आवश्यकता रहेको औंल्याएका छन् ।

जनकपुरमा दुई दिनसम्म चल्ने प्रदेश नम्बर १ र प्रदेश २ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलनको समपान समारोहलाई सम्बोधन गर्दै मुख्यन्यायधीश पोखरेलले अनुसन्धानको प्रक्रिया र न्याय प्रणाली चुस्तदुरुस्त आवश्यकता रहेको स्पष्ट पारे ।

उनले भने, ‘न्यायाधीशले एम्पायरको भूमिका निर्वाह गर्दा अदालतमा पेस गरेका मुचुल्कालगायतका कागजात प्रक्रिया र सोको व्याख्या गर्दै वकिलले खेलाडीको रुपमा प्रस्तुत हुँदा कमजोर भूमिकामा देखिन्छ ।’ यस्तो अवस्थामा एम्पायरको रुपमा न्याय दिँदा सन्तुष्ट हुन गार्हो भएको उनको भनाई छ ।

उनले घटना अनुसन्धान फितलो भएको कारणले न्याय दिन समस्या हुने गरेको बताए । 

यस्तो छ १५ बुँदे घोषणापत्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप