शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा सांसद महतो निलम्बित, यस्तो छ कारण

शनिबार, ११ जेठ २०७६, १८ : ३५
शनिबार, ११ जेठ २०७६

प्रदेश नम्बर २ को धनुषा क्षेत्र नम्बर ४ को ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य सत्रुधन महतोलाई नेकपाको संसदीय बोर्डले अनुशासनको कारवाही गरेको छ ।

नेकपा संसदीय बोर्डले आधिकारीक उम्मेदवार भरत साहलाई छनौट गरिसक्दा पनि सार्वजनिक लेखा समितिको संयोजक पदका लागि बागी उम्मेदवारी दर्ता गरेर अनुशासन उल्लंघन गरेकाले १५ दिनको लागि निलम्बन गरेको हो ।

प्रदेश सांसद सत्रुधन महतोले नेकपा संसदीय बोर्डको निर्णय विपरित सार्वजनिक लेखा समितिको संयोजकमा बागी उम्मेदवारी दिएर विद्रोह गरेको र अनुशासनहीनताको कार्य गरेकाले १५ दिनसम्मका लागि संसद पदबाट निलम्बन गरिएको नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डलले जानकारी दिए ।

गत शुक्रबार १५ दिनका लागि सांसद पदबाट निलम्बन गर्नका लागि सभामुख सरोजकुमार यादवलाई नेकपाको संसदीय बोर्डको निर्णय जानकारी गराइएको संसदीय दलका नेता मण्डलले जानकारी दिए ।

गत फागुनको पहिलो सातामा भएको संसदीय समिति सार्वजनिक लेखा समितिको लागि नेकपाको संसदीय बोर्डले सांसद भरत साहलाई आधिकारीक उम्मेदवार बनाएको थियो ।

तर सांसद सत्रुधन महतोले सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल, राजपा नेपालका सांसद र कांग्रेसी सांसदहरुले उचालेपछि हौसिएका सांसद महतोले सोहि पदमा बागी उम्मेदवार बनेका थिए ।

एकै दलबाट उम्मेदवारी दर्ता गराएका सांसद महतो र सांसद साहको उम्मेदवारी रद्द भएपछि मतदान हुन सकेको थिएन ।

मनोनयन पत्रमा समर्थकको रुपमा हस्ताक्षरमा आफ्नो फर्जी हस्ताक्षर गरिएको भन्दै नेकपाका सांसद रामकुमार यादवले संसद सचिवालयमा निवेदन दर्ता गराएका थिए ।

त्यसपछि दुवै जनाको उम्मेदवारी रद्द भएको संसद सचिवालयले जनाएको थियो ।

सांसद सत्रुधन महतोलाई आन्तरिकरुपमा सत्तारुढ दल फोरमले उचालेपछि नेकपामा विवाद देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप