बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘नीति कार्यक्रम कार्यन्वयनमा समस्या’

शनिबार, ११ जेठ २०७६, १८ : ३०
शनिबार, ११ जेठ २०७६

प्रदेश सरकराले हालै सार्वजनिक गरेको नीति कार्यक्रम कार्यन्वयनमा समस्या रहेको सरोकारवालाहरुले बताएका छन् । 

रिपोर्टस क्लब ५ प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्ने बत्ताहरुले सीमित स्रोत साधनकाबीच नीति कार्यक्रम कार्यन्वयन समस्या देखिने बताएका हुन् । 

कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकास श्रेष्ठले समस्याकाबीचमा पनि प्रदेश सरकार नीति कार्यक्रम कार्यन्वयनका लागि काम गर्ने बताए । 

प्राथमिकताका आधारमा बजेट विनियोजन हुने भन्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले प्रदेश सरकारले उद्योग पर्यटन र कृषिलाई महत्व दिने गरी काम गरिहेको बताए ।  

उनले जनताको चाहाना अनुसार सेवा दिन अझै पनि सरकारी संयन्त्र सक्षम नभएको भन्दै त्यसमा सुधारको आवस्यकता औलाए । 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. डा. गोविन्द पोखरेलले नीति तथा कार्यक्रमा आस्वासन बाहेक केही पनि नरहेको बताए । उनले प्रदेश सरकारले समेत संघीय सरकरले जस्तै सतही रुपमा नीति तथा कार्यक्रम ल्याएको बताए । 

‘नीति कार्यक्रम जस्तो गहन विषय गहिराइमा गएर विष्लेषण गरेर ल्याउनु  पर्ने हो । खाका कोर्ने गरी कार्यक्रम बनाउनु पर्ने थियो । तर त्यसो हुन सकेन ।’ उनले भने । 

संघीयता बलियो बनाउने , राष्टियता बलियो बनाउने , पूर्वपश्चिमका नेपालीलाई जोड्ने गरी कार्यक्रम आउन नसक्नु चिन्ताको विषय भएको बताए ।  

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टन्डनले नीति कार्यक्रममा इमान्दारिता भएमा कार्यन्वयन हुन सक्ने बताए ।

उनले भारतीय निर्वाचनको परिणामले नेपालको भू राजनीतिकक अवस्थालाई प्रभाव पर्न सक्ने तर्फ सचेत गराए । उनले राज्य व्यवस्था परिवर्तन भएसँगै जनताले अनुभूति गर्ने गरी नीति तथा कार्यक्रम कार्यन्वयनमा आउनुपर्नेमा जोड दिए । 

बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले नीति कार्यक्रममा लगानी सम्मेलन, कृषिको सवलीकरण औद्योगिक विकास जस्ता कुराले जागर दिए पनि उद्योगको विकासका लागि ठोस कार्यक्रम नआएको बताए । 

उनले नीति कार्यक्रममा उद्योगमा रहेको हतोत्साहित हुने अवस्थालाई सम्वोधन गर्ने गरी काम हुन नसकेकोमा चिन्ता व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप