समृद्धिको यात्रा विकास, सुशासन र सुरक्षामार्फत पूरा गर्न सकिन्छ : मेयर दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्धिको यात्रा विकास, सुशासन र सुरक्षामार्फत पूरा गर्न सकिने बताएकी छिन् ।
महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा नेपाल प्रहरीको प्रहरीचौकी स्थापनाको लागि भरतपुर महानगरद्वारा ५ कट्ठा जग्गा हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख दाहालले सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सुशासन, सुरक्षा र विकास सँगसँगै लैजानुपर्ने बताउँदै त्यसैअनुरूप शान्त र सुरक्षित समाज निर्माण गर्दै अमनचयन कायम राख्नका लागि प्रहरी चौकी स्थापनाका लागि महानगरपालिकाले जग्गा हस्तान्तरण गरेको बताइन् ।
कार्यक्रमको प्रमुख अतिथि दाहालले प्रहरी विद्यालय संचालनका लागि समेत विगतमा जग्गा प्रदान गरेको बताउँदै महानगरपालिकाको बिकास, सुशासन र महानगरवासीको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सबै प्रकारको सहयोग निरन्तर रहने बताइन् ।
प्रमुख दाहालले देशको मध्यभागमा रहेको भरतपुर बढ्दो बसोबास र सवारी चापलाई हाल रहेको प्रहरी संख्याले धान्न नसकिरहेको बताउँदै तत्काल पर्याप्त प्रहरी जनशक्तिको व्यवस्थापन गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आग्रह गरिन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जग्गा प्रदान सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता