शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षाको समग्र प्रणालीसँगै पाठ्यक्रम परिर्वतन गर्नुपर्छ : बरिष्ठ नेता खनाल

शनिबार, ११ जेठ २०७६, १७ : ४०
शनिबार, ११ जेठ २०७६

नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिक्षाको समग्र प्रणालीसँगै पाठ्यक्रम परिर्वतन गर्नुपर्ने बताएका छन् । 

शनिबार राजधानीमा आयोजित शिक्षा सम्बन्धी अन्र्तरक्रियामा उनले परिर्वतित सन्र्दभमा विश्वको शिक्षा पद्धती,प्रविधि तथा नमुना अनुसार नेपाली शिक्षाको प्रणाली परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । 

बर्षेनी ठूलो संख्यामा नेपाली विद्यार्थी उच्चशिक्षा अध्ययनका लागि बाहिरीने गरेको तथा सो क्रममा ठूलो परिमाणमा नेपाली रुपैयाँ बाहिर गएको भन्दै उनले स्वदेश मै विश्वस्तरको शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए । 

उनले शिक्षा क्षेत्रमा देखिएका समस्या, चुनौती र सम्भावना हेरेर विश्वस्तर अनुरुप शिक्षाको समग्र प्रणालीलाई परिर्वतन गरि अद्यावधी गर्दै नेपाललाई शैक्षिक केन्द्रको रुपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए । 

पुर्व प्रधानमन्त्री खनालले २०४६ साल देखि नेपालको शिक्षा क्षेत्रमा मात्रात्मक रुपमा ठूलो परिर्वतन भए पनि युगको आवश्यकतालाई प्रतिबिम्बित गर्न नसकेकाले सरकारले उच्चस्तरीय शिक्षा आयोग मार्फत विस्तृत अध्ययन गरि शिक्षामा आमुल परिर्वतन गर्न खोजेको स्पष्ट पारे ।

उनले शिक्षा क्षेत्रको सुधारका लागि सरकार संगै नीजि क्षेत्रको पनि सहकार्य आवश्यक रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप