शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तमिल नाडू : जसलाई मोदी लहरले छोएन, भाजपाको सिट शुन्य

भारतको बाँकी राज्यभन्दा किन फरक रहन्छ तमिल नाडूको मत ?
शनिबार, ११ जेठ २०७६, १५ : ५४
शनिबार, ११ जेठ २०७६

यस पटक पनि तमिल नाडूमा लगभग सन् २०१४ को लोकसभा चुनावको मतपरिणाम दोहोरियो । अर्थात् अघिल्लो पटकजस्तै यस पटक पनि भाजपाले तमिलनाडूमा प्रभाव पार्न सकेन । 

देशको बाँकी भागमा भाजपा लहर आउँदा तमिल नाडूमा भने भाजपाले यस पटक एक सिट पनि जित्न सकेन । योसँगै तमिलनाडूमा पकड जमाउने भाजपाको सपना पुनः एक पटक असफल भएको छ । 

सन् २०१४ मा एआईए–डीएमकेले ठूलो जीत हासिल गर्दा भाजपाले जम्मा एक सिट कब्जा गरेको थियो । यस पटक झन् डिएमके नेतृत्वको मोर्चाले भाजपालाई एक सिट पनि छाडेन । 

सन् २०१४ को लोक–सभा निर्वाचनमा एआईए–डीएमकेले ३७ सिट र पीएमकेले १ सिट जित्दा भाजपाको लागि १ सिट बाँकी रहेको थियो । यस पटक डीएमकेको नेतृत्वमा रहेको मोर्चाले ३७ सिट जितेको छ र एआईए–डीएमके जम्मा १ सिटमा खुम्चिएको छ । हालसम्म भेलोरको एक सिटमा निर्वाचन हुन बाँकी नै छ तर भाजपाको प्रेदशमा सम्भावना लगभग अन्त्य भएको मानिएको छ ।

निर्वाचन अघि तमिल–नाडूमा नरेन्द्र मोदीविरुद्ध जुन लहर छ भन्ने जुन धाराणा थियो त्यो वास्तविक भएको संकेत गरेको छ । मतपरिणाम घोषणा हुनु केही घण्टा पनि तमिल ट्वीटर प्रयोगकर्तामाझ ‘ह्यासट्याग गोब्याक मोदी’ टे«ण्डमा थियो । परिणामले त्यो मानसिकता समाजिक सञ्जालबाट यथार्थमै परिणत भएको छ ।


भारतको बाँकी सबै ठाँउमा भाजपाका उम्मेद्वारले जितेका छन् । हार्दा पनि थोरै मतान्तरमा हारेको देखिन्छ । तर तमिल नाडूमा भने अन्त सम्भव नभएको कुरा देखियो ।


यस निर्वाचनमा भाजपाले तमिल मतदातालाई प्रभावित पार्नको लागि कुनै कसर बाँकी राखेको थिएन । फेब्रुअरीदेखि अप्रिलबीच मोदीले मात्रै चार पटक तमिल नाडू प्रदेशको भ्रमण गरे । तर यति प्रयासको बावजुद भाजपाले सन् २०१४ मा कन्याकुमारीबाट जितेका सांसद ‘पोन राधाकृष्णनन’लाई पनि पुनः जिताउन सकेन ।

 

भाजपाले उठाएका पाँचै जना उम्मेद्वारले लाखभन्दा बढीको मतान्तरले हारेका छन् । यस्तो जित भारतभरमा ‘तमिल नाडूमा मात्र सम्भव’ देखियो । 

कोइमबोटोरमा सीपीएमका उम्मेद्वार पी.आर.नटराजनले भाजपाका सी.पी. राधाकृष्णननलाई १ लाख ७० हजारको अन्तरले हराए ।

रमनाथपुरामा, आईयुएमएलका नेता के.नभस्कानीले भाजपाका नैनर नगेन्द्रनलाई त्यस्तै लाखभन्दा बढी मतान्तरले हराएका छन् ।

भारतको बाँकी सबै ठाँउमा भाजपाका उम्मेद्वारले जितेका छन् । हार्दा पनि थोरै मतान्तरमा हारेको देखिन्छ । तर तमिल नाडूमा भने अन्त सम्भव नभएको कुरा देखियो ।

‘गेम चेन्जर’ परिणाम

तमिल नाडूको सन् २०१९ को निर्वाचन धेरै अर्थमा ‘गेम चेन्जर’ थियो । पहिलो पटक प्रदेशका दुई ठूला व्यक्तित्व भएका नेता डीएमकेका एम.करुणानीथि र एआईए–डीएमकेका जयललिथा चुनावमा सहभागी थिएनन् ।

यस निर्वाचनमा राजनीतिक शक्तिबीचको गठबन्धनमा पनि उलेख्य परिवर्तन देखिएको थियो ।

सन् २०१४ मा एआईए–डीएमके एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो भने डीएमकेले एक गठबन्धनको नेतृत्व गरेर चुनावमा सहभागी भएको थियो ।

त्यो बेला गठबन्धनमा मुख्यत दलित र मुसलमानको वकालत गर्ने पार्टी थिए । भाजपा केही साना क्षेत्रीय दलसँग गठबन्धन गरेर चुनावमा होमिएको थियो भने कंग्रेस एक्लै लडेको थियो ।

एनडिएले आयोजना गरेको डिनरमा एआईएडिएमकेका नेताहरुसँग प्रधानमन्त्री नरेन्द्र मोदी

यो पटक भने एआईए–डीएमके र भाजपा एउकै गठबन्धनमा थिए भने कंग्रेस, कम्युनिष्ट डीएमकेको नेतृत्वमा रहेको गठबन्धनबाट चुनावमा सहभागी थिए ।

एआईए–डीएमकेले नयाँ गठिन गठबन्धनले तिनलाई सहयोग पुग्ने आशा गरेका थिए । तर मत परिणाम भने तिनको आशा विपरित आएको छ ।

सन् २०१९ को निर्वाचनमा तमिल–नाडूमा जुन मतपरिणाम आएको छ, त्यसको लागि धेरै तत्त्वले भूमिका खेलेको छ ।


कूदनकुलम आणविक संयन्त्र, काभेरी डेल्टामा जलविद्युत आयोजना र नीट चिकित्सा परिक्षा प्रणाली लागु गर्न खोज्दा ठूल्ठूला प्रर्दशन भए । यी सबै प्रदर्शनको तारो बनेको थियो भाजपा । ती परियोजनामा लागु गर्ने वा विस्तार गर्ने निर्णयमा भाजपाको संलग्नता थियो । मानिसले त्यसको आक्रोश पनि हालको निर्वाचनमा जाहेर गरेको जस्तो देखिएको छ ।


‘द्रविडियन’ वैभवको इतिहास

तमिल–नाडूमा विगतदेखिनै द्रविडियन वैभवप्रतिको गौरव देखिन्छ । सन् १९९९ मा भाजपासँग गठबन्धन बनाउँदा डीएमकेले पटक–पटक गठबन्धनलाई द्रविडियन आदर्शबाट टाढिएको रुपमा नहेर्न स्पोष्टोक्ति दिनुपरेको थियो ।

त्यस्तै द्रविडियन गौरवलाई त्यति धेरै पुनरोक्ति नगरे पनि जयललिथाको नेतृत्वमा रहेका एआईए–डीएमकेले तलिम–नाडूमा अभ्यास गरेको बलियो खालको संघीयतामा धेरैले द्रविडियन वैभपको प्रभावकै झल्को पाउथें ।

तर जयललिथाको मृत्युपछि एआईए–डीएमकेले भाजपासँग गठबन्धन गर्यो । त्यही गठबन्धन उसको अधोगतिको कारक बनेको जस्तो देखिन्छ । 

जन–प्रतिरोधको प्रभाव

पछिल्ला केही वर्ष प्रदेशमा कयैन ठूला प्रतिरोध आन्दोलन देखियो । जन–विरोधी ठानिएका परियोजनाविरुद्ध स्वःस्फूर्त रुपमा भएका प्रतिरोधको नेतृत्व स्थानीयले नेताले गरेको देखिएको थियो । 

कूदनकुलम आणविक संयन्त्र, काभेरी डेल्टामा जलविद्युत आयोजना र नीट चिकित्सा परिक्षा प्रणाली लागु गर्न खोज्दा ठूल्ठूला प्रर्दशन भए । यी सबै प्रदर्शनको तारो बनेको थियो भाजपा । ती परियोजनामा लागु गर्ने वा विस्तार गर्ने निर्णयमा भाजपाको संलग्नता थियो । मानिसले त्यसको आक्रोश पनि हालको निर्वाचनमा जाहेर गरेको जस्तो देखिएको छ ।

डीएमकेको सफल गठबन्धन रणनीति

यो निर्वाचन एम.के. स्टालिनको लागि परिक्षा थियो । पिता करुणानीथिको अनुपस्थितिमा हुन लागेको पहिलो निर्वाचनमा स्टालिनले उत्कृष्ट नजिता हासिल गरेका छन् । उनले एउटा बलियो गठबन्धन बनाउन भूमिका मात्र खेलेनन्, गठबन्धनका प्रत्येक उम्मेद्वारको चुनावी प्रचारमा सहभागी हुन प्रदेशको एक कुनादेखि अर्को कुनासम्म पुगेका थिए ।

गठबन्धन निर्माणको क्रममा उनले कंग्रेसलाई १० सिट दिँदा विरोध पनि खेपेका थिए । तर हाल उनको रणनीति सही सावित भएको छ ।

गठबन्धनले उठाएको एकजना बाहेक सबै उमेद्वार विजयी भएका छन् । पराजित इ.भी.के.एस. इलनगोभन पनि यस पटक पहिलो पटक राजनीतिक प्रतिस्पर्धामा सहभागी भएकाले राम्रो प्रदर्शन गर्न नसकेको मानिएको छ ।

यो पटक भारतभरी कम्युनिष्टले पाएको पाँच मध्ये चार सिट तमिल नाडूबाट छन् । प्रदेशमा उठाइएका कम्युनिष्टका चारै उम्मेद्वारले जित हासिल गरे । त्यस विजयमा गठबन्धन र मोदी विरोधी सेन्टीमेन्टले ठूलो भूमिका खेल्यो । 

लोकसभा निर्वाचनमा स्टालिनको सफल रणनीतिपछि उनका पार्टीका कार्यकर्ताले सन् २०२१ मा हुने विधान–सभा निर्वाचनको लागि पनि उनीमाथि आशाका नजरले हेर्न थालेका छन् ।

अहिले तमिल नाडूको विधानसभामा स्पष्ट बहुमतका साथ एआईए–डीएमकेको सरकार छ ।

एआईए–डीएमकेको अगाडिको बाटो

अहिले नै एआईए–डीएमकेको प्रदेश सरकारमाथि कुनै खतरा छैन । तर पार्टीले भाजपासँग गठबन्धन गर्दाको सजाय भने पाएको छ ।

सन् २०१४ को लोकसभा निर्वाचन र सन् २०१६ को विधानसभा निर्वाचनमा भाजपाले गरेको गठबन्धनको प्रस्ताव जयललिथाले अस्वीकार गरिदिएकी थिइन् ।

जयललिथाले गठबन्धन अस्वीकार गरेर सही गरेको देखिएको छ । तर खराब परिणामका बावजुद एआर्ईए–डीएमके आफ्नो गठबन्धन सहयात्रीसँग टाढिने सम्भावना पनि देखिँदैन ।

उसले भारतभरी राम्रो प्रभाव पारेको सहयात्रीसँग नजिकको सम्बन्ध खोजेको देखिएको छ । यसको संकेत एआईए–डिएमकेका नेताले भाजपाको जितमा दिएको उत्साहपूर्ण बधाईमा पाईन्छ ।

भाजपा आफै पनि हार मान्ने पक्षमा देखिँदैन । भाजापले आफूहरु विरुद्ध तमिल नाडूमा ‘ठूलो नकारात्मक अभियान’ चलाएइको आरोप लगाएको छ । भाजपा नेतृ थमिझिसाई सोन्दरराजनले निर्वाचन क्षेत्रले तिनको निर्णयको लागि ‘पछुताउने’ चेतावनी दिएकी छिन् ।

उनले पार्टीले हारको समिक्षा हुने र आगामी दिनमा राज्यमा राम्रो प्रदर्शन गर्नको लागि उपयुक्त कदम उठाने बताएकी छिन् । तर त्यसको लागि भाजपाले अर्को निर्वाचन नै कुर्नुपर्छ ।

द वायरबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कविथा मुरलीधरण
कविथा मुरलीधरण

कविथा मुरलीधरण स्वतन्त्र पत्रकार हुन् । 

लेखकबाट थप