शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारत नेपालको विकास भएको हेर्न चाहन्छ : भाजपा बरिष्ठ नेता आड्वाणी

नेपालको आन्तरिक राजनीतिमा हामी कहिल्यै हस्तक्षेप गर्दैनौं : मुरली मोहन जोशी
शनिबार, ११ जेठ २०७६, १४ : ४३
शनिबार, ११ जेठ २०७६

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता लालकृष्ण आड्वाणीले नेपाल–भारत सम्बन्ध जति निकट र सुमधुर हुन्छ त्यति नै दुवै देशलाई फाईदा हुने स्पष्ट पारेका छन् ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले आड्वाणी निवासमा पुगेर गरेको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘नेपाल र भारतबीच आर्थिक, सामाजिक र राजनीतिक रुपमा गहिरो सम्बन्ध छ । हामीबीचको जनस्तरको सम्बन्धले दुई देशबीचको सम्बन्ध झनै बलियो बनाएको छ ।’

आड्वाणीले भारतले नेपालको विकास हेर्न चाहेको बताए । उनले थपे,‘मलाई विश्वास छ अब नेपालले छिट्टै आफ्नो विकास र समृद्धि हाँसिल गर्छ । नेपालको विकासमा भारत सरकारको पूरापुर सहयोग रहन्छ ।’

पछिल्लो समय नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा कुनै समस्या नरहेको पनि उनको दाबी थियो । उनले भने,‘हामीबीच कुनै समस्या छैन, नेपाल र भारतबीच सदियौँदेखि सुमधुर सम्बन्ध रहेकोले हामीबीच हरेक रुपले घनिष्ठ सम्बन्ध छ ।’

भारतीय जनता पार्टीकै अर्का बरिष्ठ नेता मुरली मोहन जोशीले पनि नेपाल–भारत सम्बन्ध सुमधुर रहेकोले आगामी दिनमा थप मजबुद हुने स्पष्ट पारे ।

जोशीले नेपालमा धार्मिक स्वतन्त्रता वा धर्मनिरपेक्षता, वा हिन्दूराष्ट्र जे भएपनि त्यसमा आफूहरुको कुनै हस्तक्षेप नहुने बताए । उनले भने,‘नेपाललाई के बनाउने ? वा के नबनाउने भन्ने विषय त्यो नेपाल र नेपाली जनताले नै तय गर्ने कुरा हो । नेपालको आन्तरिक राजनीतिमा भारतले कहिल्यै हस्तक्षेप गर्देन् ।’

भारतमा मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेको सुनाउँदै उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध झनै बलियो हुने विश्वास दिलाए ।

त्यस्तै, भारतीय जनता पार्टीका प्रभावशाली नेता, पूर्व अध्यक्ष एवम् पूर्व गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध अब धेरै राम्रो हुने विश्वास दिलाए ।

सिंहले आफूहरुले नेपालको आर्थिक प्रगति र उन्नति चाहेको सुनाउँदै त्यसको लागि भारत सरकार जस्तोसुकै सहयोग गर्नपनि तयार रहेको स्पष्ट पारे ।

उनले भने,‘नरेन्द्र मोदीको नेतृत्वमा अब बन्ने सरकारले नेपालको विकास र समृद्धिमा झन धेरै सहयोग गर्छ ।’ अहिले नेपाल–भारतबीच कुनैपनि दरार र असमझदारी नरहेको पनि उनले जिकिर गरे । यद्धपी सानातिना समस्या भए टेबुलमा बसेर हल गर्ने सिंहले प्रतिबद्धता जनाए ।

उनले भने,‘मोदी दोस्रो कार्यकालको लागि प्रधानमन्त्री बन्दै हुनुहुन्छ, अब बन्ने उहाँको नेतृत्वको सरकारले नेपाल–भारत सम्बन्ध मजबुद बनाउँछ । प्रभावकारी बनाउँछ ।’

फरक प्रसँगमा उनले नेपाल र भारतबीच भएका सबैखाले समस्याहरु हल गर्नको लागि बनेको नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजीं ले तयार पारेको प्रतिवेदन भारत सरकारले बुझ्ने नबुझ्नेबारे भने कुनै तिक्रिया दिन चाहेनन् । उनले थपे,‘यो अहिले छलफलकै विषय हो । हामी निर्वाचनमा व्यस्त थियौं । अब यसबारेमा सोच्ने वेला आएको छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप