शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकसभा चुनाव सकिनासाथ टीभी सेटबाट गायब भयो ‘नमो टीभी’

शनिबार, ११ जेठ २०७६, १४ : १६
शनिबार, ११ जेठ २०७६

एजेन्सी । लोकसभा चुनाव सुरु हुनु ठीक अघि मार्च २६ मा जारी भएको विवादित ‘नमो टीभी’ अहिले टीबी सेटबाट गायब भएको छ । भाजपासँग सम्बद्ध सुत्रका अनुसार यो च्यानल मे १७ मा अन्तिम चरणको निर्वाचनको प्रचार अभियान रोकिएपछि बन्द भयो ।

अघिल्ला चरणमा चुनावी प्रचारका अनेक नियम उल्लंघनको उजुरी खेपेको यस च्यानलले सातौं चरणको चुनावअघि मात्र चुनावी नियम अनुसार ४८ घण्टा अघि राजनीतिक सामाग्री प्रस्तुति रोकेको थियो । 

नाम नबताउने सर्तमा भाजपाका एक नेताले भने ,“नमो टीभी लोकसभा चुनावको लागि भाजपाको प्रचार अभियानको हिस्सा थियो । चुनाव अन्त्य भएसँगै यसको औचित्य सकियो । त्यसैले मे १७ बाट जब चुनाव प्रचार अन्त्य भयो यो पनि बन्द भयो ।”

टाटा स्काई, भिडियोकन र डिस टिभीजस्ता डीटीएच अपरेटरले नमो टीभीलाई निशुल्क देखाइरहेका थिए । त्यस्तै विपक्षीले यसलाई प्रोपोगाण्डा संयन्त्रभन्दै आलोचना गरेका थिए ।

निर्वाचनको समयमा च्यानलविरुद्ध निर्वाचन आयोगमा कयैन उजुरी परे पनि च्यानल र त्यसका सञ्चालक भाजपा र मोदीविरुद्ध कुनै कारबाही भएन । खासमा नमो एपका मालिक प्रधानमन्त्री मोदीनै हुन् ।

उता सुरुवातमा आफ्नो प्रचारात्मक ट्वीटमा नमो टीभीलाई एक हिन्दी समाचार च्यानल बताएको टाटा स्काईले पनि पछि त्यस भनाईबाट पछि हट्दै च्यानललाई विशेष सेवा घोषित गरेको थियो ।

छैठौँ चरणको मतदान अघि चुनावी प्रचार बन्द भएपछि पनि नमो टिभीमा ‘चुनाव सम्बन्धी सामाग्री’ प्रसारित भएको भन्दै दिल्लीका मुख्य निर्वाचन अधिकारीले च्यानललाई नोटिस पठाएका थिए ।

त्यस्तै अप्रिलमा निर्वाचन आयोगले टीभीका लागि रेकर्ड भएको कार्यक्रम प्रदर्शन गर्नु पहिले प्रमाणित गनुपर्ने बताएको थियो । त्यसपछि दिल्लीको निर्वाचन आयोगले भाजपालाई नमो टिभीमा कुनै पनि कार्यक्रम उबाट प्रमाणित नगरी प्रसारित नगर्न छुट्टै निर्देशन दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप