शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले थाले नयाँ सरकार गठनको तयारी

शनिबार, ११ जेठ २०७६, ११ : ४४
शनिबार, ११ जेठ २०७६

एजेन्सी । भारतको लोकसभा निर्वाचनको सम्पूर्ण परिणाम आइसकेको छ । परिणाम अनुसार सत्तारुढ भाजपाले अत्यधिक मतका साथ जित हासिल गरेको छ । 

अन्तिम निर्वाचन परिणाम आएपछि राजधानी नयाँ दिल्लीमा भाजपाको केन्द्रीय कमिटिको वैठक बसेको थियो । त्यस्तै केन्द्रीय मन्त्रिपरिषद् वैठकले १६औं लोकसभालाई भंग गर्ने प्रस्ताव पारित गरिसकेको छ ।  
शुक्रबार साँझ भएको क्याविनेट वैठकमा विदेश मन्त्री सुष्मा स्वराज, रेल मन्त्री पीयूष गोयलका अतिरिक्त सम्पूर्ण नेता सामेल भए । 

बैठकमा स्वास्थ खराब भएका कारण अर्थमन्त्री अरुण जेट्ली भने सहभागी भएका थिएनन् । तथापि उनको घरमा पनि एक वैठक बसेको थियो । 

त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दसँग भेटेर आफ्नो र सम्पूर्ण क्याविनेटको राजीनामा दिएका छन् । केन्द्रीय क्याविनेटको सम्मानमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले आज राष्ट्रपति भवनमा भोजको आयोजना गरे । 

राष्ट्रपति भवनको भोजनमा प्रधानमन्त्री मोदी र एनडीए क्याविनेटका सबै मन्त्री उपस्थित थिए । १६औं लोकसभा भंग गर्ने र क्याविनेटको राजिनामा प्रस्तुत भएसँगै भारतको केन्द्रमा नयाँ सरकार बनाउन प्रक्रिया सुरु भएको छ । स्पष्ट बहुमत पाएको आधारमा यस प्रक्रियाको हकदार भाजपा हो ।

वर्तमान लोकसभाको समयावधी जुन ३ मा समाप्त हुँदैछ । यसपछि नयाँ लोकसभाले काम सुरु गर्नेछ । नयाँ लोकसभाको गठनको लागि चुनाव आयुक्त राष्ट्रपतिसँग भेटघाट गर्नेछन् र नव निर्वाचित उमेद्वारीको सुचि प्रस्तुत गर्नेछन् । 

यसबीच प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ भाजपा नेता लालकृष्ठ आडवाणी र मुरली मनोहर जोशीसँग भेटघाट गरेर आशीर्वाद लिएका छन् । यस भेटमा भाजपा अध्यक्ष अमित शाह पनि उपस्थित थिए । 

भेटपछि मोदीले ट्वीट गर्दै आणवाणीलाई दशकौंको सघर्षमार्फत भाजपालाई आजको अवस्थामा ल्याएको श्रेय दिएका छन् भने जोशीलाई महान वौद्धक बताएका छन् । 

स्रोतका अनुसार मे ३० सम्ममा प्रधानमन्त्री मोदीले नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्न सक्छन् । सुत्रका अनुसार पछिल्लो पटकजस्तै यो पटक पनि साँझ ४ देखि ५ बीचमा शपथ ग्रहण हुन सक्छ । 

त्यस अघि मोदी मे २८ मा उनको निर्वाचन क्षेत्र काशी गएर धन्यवाद सभालाई सम्बोधन गर्ने र आमालाई भेट्ने सम्भावना पनि बताईएको छ । 

अघिल्लो पटकजस्तै यो पटकको शपथ ग्रहणमा छिमेकी देशका नेतालाई आमन्त्रण गरिने नगरिने हालसम्म स्पष्ट भएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप