शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज विश्व थाइराइड दिवस, कसरी पहिचान गर्ने रोग

शनिबार, ११ जेठ २०७६, ११ : २१
शनिबार, ११ जेठ २०७६

आज मे २५ अर्थात विश्व थाइराइड दिवस । नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइदैँछ। 

दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रा.लि., काठमाडौं डाइबेटिज एण्ड थाइराइड सेन्टर र लाइन्स क्लब अफ काठमाडौं अल्काले संयुक्त रुपमा र्याली निकालेको छ । 

अल्का अस्पतालबाट सुरु भएको र्याली जावलाखेल, कुमारीपाटी, मंगलबजार, पुल्चोक हुँदै पुनः अल्का अस्पतालमा आएर सकिएको थियो ।  विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले विहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्दैछ ।

पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताएका छन् । नेपालमा थाइराइड बढ्नुको मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै रहेको डाक्टर अशुंमाली जोशीले बताए । 

शरीरमा आयोडिन थोरै वा धेरै हुँदा थाइराइड ग्रन्थीहरुलाई असर गर्ने उनले बताए । थाइराइड पहिचानका लागि रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरे गर्नुपर्ने हुन्छ ।

के हो त थाइराइड रोग ?
मानव शरिरमा रहेको रुद्रघण्टीको तल तिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यो पुतली आकारको हुन्छ। यो  ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरिरमा मोटावोलिजम नियन्त्रण गर्छ । 

थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ । यी हर्मोनहरुको शरिरको वृद्धि विकासमा अहम भूमिका हुन्छ । थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादनमा असन्तुलन हुन्छ र रोग लाग्छ । त्यो रोगलाई थाइराइड रोग भनिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप