बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय कंग्रेसमा राजीनामाको सिलसिला सुरु, राहुल गान्धीले आज राजिनामा प्रस्तुत गर्न सक्ने

शनिबार, ११ जेठ २०७६, ०९ : ३७
शनिबार, ११ जेठ २०७६

एजेन्सी । लोकसभा चुनावमा लज्जास्पद हारपछि भारतीय राष्ट्रिय कंग्रेसमा राजीनामाको सिलसिला सुरु भएको छ । 

उत्तर प्रदेश, ओडिशा र कर्नाटकका तीन शिर्ष कंग्रेस नेताले पार्टी अध्यक्ष राहुल गान्धीलाई आफ्नो राजिनामा पठाएका छन् । 

उत्तर प्रदेशको कुल ८० सिटमा कंग्रेसले केवल रायबरेलीमा मात्र जित हासिल गर्न सक्यो । राहुल गान्धीले समेत अमेठीको सिट बचाउन सकेनन् । 

हारपछि उत्तर प्रदेशका पार्टी अध्यक्ष राज बब्बरले आफ्नो पदबाट राजिनामा दिएका छन् । 

राज बब्बर आफै पनि फतेपुर सिकरीबाट चुनावी मैदानमा थिए तर उनले भाजपाका प्रत्याशीसँग लगभग पाँच लाख मतले हार भोगे । बब्बरले ट्वीट गर्दै प्रदेशको हारको जिम्मेवारी लिदैं राजीनामा दिइरहेका छन् । 

कर्नाटक राज्यको चुनावी अभियानमा कंग्रेसको नेतृत्व गरेका एचके पाटिलले पनि राजिनामा सुम्पिएका छन् । २८ सिट भएको कर्नाटकमा कंग्रेसले जम्मा एक स्थानमा जित हासिल गरेको छ । जबकी दक्षिणका अन्य प्रदेशमा राज्यले निक्कै राम्रो प्रदर्शन गरेको छ । 

यस्तै ओडिशा प्रदेशका कंग्रेस प्रमुख निरन्जन पटनायकले पनि राजिनामा दिएका छन् । ओडिशामा कांग्रेसले जम्मा नौं विधानसभा सिट र एक लोकसभा सिटमा जित प्राप्त गरेको छ । पटनायक आफै दुई विधान सभा सिटमा लडेकोमा दुवैबाट हारे ।

कांग्रेसमा थप राजिनामा आउन सक्ने विश्वास गरिएको छ । 
आज शनिवार भारतीय कंग्रेस पार्टीका वर्किंग कमिटि(कार्यसमिति) वैठक बस्दैछ । पार्टीको महत्वपूर्ण निर्णय लिने जिम्मेबारी पाएको यस निकायले चुनावी नतिजाको समीक्ष गर्दैछ । 

यसमा पार्टी अध्यक्ष राहुल गान्धीले लोकसभा चुनावमा पार्टीको खराब प्रदर्शनको जिम्मेबारी स्वीकार्दै राजिनामा पेश गर्न सक्छन् । केही नेताको भनाईमा राहुलले राजिनामा पेस गरे पनि त्यसलाई स्वीकार गरिनेछैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप