बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जब जयाले रेखालाई घरमै बोलाएर तोडिदिइन् रेखा–अमिताभको प्रेम

शनिबार, ११ जेठ २०७६, ०९ : १२
शनिबार, ११ जेठ २०७६

काठमाडौँ –  बलिउड उद्योगका रेखा र अमिताभको जोडीलाई मन नपराउने सायदै होलान् । मेगास्टार अमिताभ बच्चन र सदाबहार सुन्दरी तथा अभिनयकी खानी रेखाको जोडीले कुनै समय बलिउडमा आगो नै लगाएको थियो । 

‘रिल’मा मात्र होइन ‘रियल’मा पनि अमिताभ र रेखाको बिहे होस् भन्ने चाहाना धेरैको थियो तर अपसोच अमिताभले जयासँग  सन् १९७३ मा बिहे गरेकी गरिसकेका थिए ।   

 जयासँग बिहे गरेका अमिताभको केहि वर्षमै रेखासँगको सम्बन्धले चर्चा पाउन थाल्यो । सन् १९७६ मा फिल्म ‘दो अनजाने’ को शुटिङमा नै रेखा र अमिताभ नजिकिएका थिए । 

जया–अमिताभको चर्चा जयाले पनि थाहा पाइन् । उनले एकदिन रेखालाई घरमा खाना खान निम्ता पठाइन् जसले अमिताभ–रेखाबीचको सबै सम्बन्ध एक क्षणमै सकाइदियो । 

रिपोर्टको अनुसार एक दिन अमिताभ शुटिङको लागि मुम्बईभन्दा बाहिर गएका थिए । सोही मौका पारेर जयाले रेखालाई घरमा खाना खान निम्ता गरिन् । उनले रेखालाई फोन गरेकी थिइन् । जयाको फोन आएपछि रेखा निकै डराइन् । जयाले आफूलाई गाली नगरोस् भन्ने कामना गर्दै उनले फोन उठाइन् तर जयाले निकै आदरपूर्वक उनलाई खाना खान घर बोलाइन् । 

घर बोलाएर जयाले बेइज्जत गर्ने पो हुन् कि भन्ने दोधारकै बीचमा रेखा अमिताभको घर खाना खान गइन् । रेखालाई घर पुग्नेवित्तिकै जयाले भव्य स्वागत गरिन् साथै खुलेर कुराकानी पनि गरिन् । 

खाना खाइसकेपछि बिदाई गर्दै गर्दा जयाले भनिन्, ‘चाहे जे सुकै होस् तर म कहिल्यै अमितलाई छोड्ँिदन ।’ जयाको यो वाक्य सुनेर रेखालाई छागाबाट खसेजस्तै भइन् । 

यो घटनापछि अमिताभले रेखासँग दुरी बढाए । फेरि अमिताभ र रेखाले कहिल्यै सँगै फिल्म खेलेनन् । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप