बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी

सोमबार, २३ साउन २०७४, १० : ३३
सोमबार, २३ साउन २०७४

कञ्चनपुर - जिल्ला समन्वय समिति कञ्चनपुरमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ । 

समन्वय समितिको प्रमुख र उपप्रमुखसहित थप सातजना सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अन्य दलको उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवारलाई आइतबार निर्वाचित भएको घोषणा गरिएको हो । 

समन्वय समितिको प्रमुखमा फैरु तामाङ र उपप्रमुखमा सानुकुमारी बुढाथापा निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुुब्बा अम्बादत्त भट्टले बताउनुभयो । उहाँका अनुसार समन्वय समितिको सदस्यमा ठिट्ठा राना, बलराम पन्त, लक्ष्मण राना, सुन्नरी कडारा, इकरानी राना, गुड्डी नेपाली र सीता भण्डारी निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप