शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानसँग हार्‍यो पाकिस्तान

शनिबार, ११ जेठ २०७६, ०८ : ३०
शनिबार, ११ जेठ २०७६

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघि शुक्र राति खेलिएको अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई तीन विकेटले हराएको छ । ब्रिस्टोलमा भएको खेलमा पाकिस्तानले दिएको दुई सय ६३ रनको विजयी लक्ष्य अफगानिस्तानले ४९.४ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको थियो ।

अफगानिस्तानको जितमा हाम्सतउल्लाह शहिदिले अविजित ७३ रनको अर्धशतकीय इनिङ खेले । हजरत उल्लाह जाजईले ४९, मोहमद नाबीले ३४ र रहमत साहले ३२ रन बनाएका थिए । बलिङमा पाकिस्तानका वहाब रियाजले तीन र इमाद वासिमले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४७.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ६२ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले एक सय १२ रनको शतकीय इनिङ खेले पनि टोली हारबाट जोगिएन । सोयब मल्लिकले ४४र  इमाम उल हकले ३२ रन बनाए ।

बलिङमा अफगानिस्तानका मोहमद नाबीले तीन विकेट लिए ।राशिद खान र डलट जाड्रनले दुई दुई विकेट लिएका थिए । एकदिवसीय विश्वकप क्रिकेट यही मे ३० तारिख देखि इङ्ल्यान्ड र वेल्समा हुँदैछ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप