शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिस्ने–धार्के नयाँ ट्र्याकले घट्ला त नागढुंगाको जाम ?

शनिबार, ११ जेठ २०७६, ०७ : ३३
शनिबार, ११ जेठ २०७६

मुलुकमा बढ्दो सवारी चापसँगै सवारी जामलाई कम गर्न सडक विभागले विभिन्न सयममा नयाँ नयाँ योजना ल्याइरहेको छ । विभागको ती योजनाले गर्दा कतिपय स्थानमा त सवारी जाम कम भएको सफल उदाहरण पनि भेट्टाउन सकिन्छ ।

विभागले विभिन्न निकायसँगको सहकार्यमा यस्ता योजना ल्याउने गरेको छ । सवारी जाम हटाउने र प्रदूषण कम गर्ने योजनास्वरुप २० वर्षे पुरानो सवारी हटाउनेदेखि अनेक योजना यसभित्र पर्दछ ।

फलस्वरुप विभागले यसका लागि धादिङको सिस्ने खोलादेखि धार्केसम्म सीधा पर्ने गरी नयाँ सडक खोल्ने योजना ल्याएको छ । विभागले यो सडकलाई काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुंगाको सवारुी जामलाई समेत कम गर्न ल्याइएको बताइन्छ । यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप