भारतमा मोदीको पुनरागमन कूटनीतिमा फेरबेदल नहुने विश्वास
भारतमा भारतीय जनता पार्टी (भाजपा) को जितले अहिले अन्तर्रा्ष्ट्रिय सम्बन्धलाई लिएर विभिन्न बहस सुरु भएको छ । भाजपाका नेता नरेन्द्र मोदी दोस्रो पाँच वर्षका लागि प्रधानमन्त्रीका रूपमा आउन लागेको भन्दै उसको छिमेकी राष्ट्रसँग कस्तो सम्बन्ध हुने विश्लेषण हुन थालेका छन् ।
भाजपा हिन्दु राष्ट्रवादी पार्टी भएकाले त्यसको प्रभाव अन्य छिमेकी राष्ट्रमा पर्ने आँकलन भइरहेको छ भने अर्को्तिर भारतले अर्थ नीति कस्तो लिने हो त्यसको बारेमा पनि बहस सुरु भएको छ । यद्यपि विगत डेढ वर्षमा नेपाल–भारतको बीचमा निकै राम्रो सम्बन्ध सुधार भएको त्यहाँका विदेशमन्त्री सुषमा स्वराजले नै भन्नुभएको छ ।
विश्वको अर्थ राजनीतिको प्रतिस्पर्धामा चीन, अमेरिका, जापानलगायत देशसँगको दौडमा भारतले आफूलाई पनि उभ्याएको छ । आउने दिनमा यी देशहरुसँग उसको के सम्बन्ध रहन्छ, त्यसको बारेमा पनि विश्लेषणहरु सुरु भएको छ । भारत नेपालको सबभन्दा नजिकको छिमेकी देश भएका हुनाले उसले लिने नीतिले नेपाललाई प्रभाव पार्न सक्ने विश्लेषकहरु बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा