शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चितवनमा गोली लागेर एक घाइते

शुक्रबार, १० जेठ २०७६, २० : ३७
शुक्रबार, १० जेठ २०७६

भरतपुरमा आज अपरान्ह गोली चल्दा एक जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ जुगेडीमा गोली चल्दा सोही ठाउँ निवासी ३८ वर्षीय सुकबहादुर चेपाङ घाइते भएका हुन् । 

मध्यान्ह १२ बजे घर नजिकै जङ्गलमा घाँस काट्न जाँदा गोली लागि चेपाङ घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार घाइतको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टाको घुँडामा गोली लागेको प्रहरीले जनाएको छ । 

कस्ले कतिखेर के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप