मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आमिर खानलाई स्वाइन फ्लु

सोमबार, २३ साउन २०७४, १० : ११
सोमबार, २३ साउन २०७४

मुम्बाई । बलिउड अभिनेता आमिर खानलाई स्वाइन फ्लुको संक्रमण भएको छ । यस कुराको जानकारी अमिर खान आफैले दिएका हुन् ।

आमिर पुणेमा पानी फाउन्डेसनको सत्मेव जयन्ते वाटर कप २०१७ को प्रतियोगिताको पुरस्कार वितरणमा जानुपर्ने थियो तर उनी त्यहाँ पुग्न सकेनन् । त्यसको साटो उनले भिडियो कन्फरेन्सबाट सो कुराको जानकारी दिएका हुन् ।

समाचार एजेन्सीका अनुसार आमिर खान र पत्नी किरण राव दुवैलाई स्वाइन फ्लु भएको छ ।

आमिरले भिडियो कन्फरेन्सबाट उनको रगत जाँच गर्दा रिपोर्टमा एचवानएनवान पोजेटिभ भएको पुष्टि भएको बताए । उनले त्यही भएर कार्यक्रममा सहभागी नभएको बताउँदै आगामी १ हप्तासम्म कुनै पनि कार्यक्रममा भाग नलिने बताए ।

आमिरको स्थानमा शाहरुख खान कार्यक्रममा सामेल भएका थिए ।

पछिल्लो समय नेपाल र भारका विभिन्न स्थानमा स्वाइन फ्लुको संक्रमण देखिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप