शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अदालतको कार्यालयमै कर्मचारीको मृत्यु

शुक्रबार, १० जेठ २०७६, १७ : ५४
शुक्रबार, १० जेठ २०७६

ओखलढुङ्गा । जिल्ला अदालतमा कार्यरत एक कर्मचारीको कार्यालय समयमै मृत्यु भएको छ । 

कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका–३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल कार्यालयमै मृत भेटिएका हुन् ।

अदालतको कर्मचारी आवास गृहमा आज अपरान्ह दाहाल मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । 

आराम गरिरहेका दाहाल दिनभर बाहिर नआएपछि अर्का कर्मचारीले ढोका खोलेर हेर्दा मृत अवस्थामा भेटाएका थिए । 

अदालतका अनुसार रातिको समयमा ड्यिुटी गर्ने दाहाल दिउँसो सधैँजसो आवासगृहमा आराम गर्ने गरेका थिए । 

लामो समयदेखि मुटुको समस्या रहेका दाहालको अत्याधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

आवश्यक प्रक्रिया पूरा गरेर शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप