शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरकार ‘रोजगार सूचना प्रणाली’ स्थापना गर्ने तयारीमा छ’

शुक्रबार, १० जेठ २०७६, १७ : ३३
शुक्रबार, १० जेठ २०७६

सरकारले ‘रोजगार सूचना प्रणाली’ स्थापना गर्ने तयारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले हरेक नागरिकलाई रोजगारसम्बन्धि सबै जानकारी सहज ढंगले उपलब्ध गराउने उद्देश्यका साथ सरकारले रोजगार सूचना प्रणाली स्थापना गर्ने तयारी गरेको जानकारी गराएका हुन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै उनले सो सूचना प्रणालीमा शिक्षा, सेवा, औद्योगिक उत्पादन, अस्पताललगायतका क्षेत्रमा रोजगारीको अवसर कति छ ? भन्ने तथ्यांक समेत समावेश गरिने योजना पनि अघि सारे । 

मन्त्री विष्टले बेरोजगारलाई निर्वाह भत्ता दिने नीतिगत निर्णय गरेपछि सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सूचना प्रणालीको पनि विकास गर्न लागिएको बताए । 

मन्त्री विष्टले रोजगारीको अवसर नपाएकाहरुलाई जीवन निर्वाहका लागि बेरोजगार भत्ता दिने निर्णय गर्नु परेको पनि बताए । 

उनले गरिव जनतालाई लक्षित गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन प्रदेश र स्थानीय तहलाई पनि आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप