शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलदेव अधिकारीको ‘अक्ष’मालाको ‘अक्षर’माला प्रकाशित

शुक्रबार, १० जेठ २०७६, १६ : ३२
शुक्रबार, १० जेठ २०७६

नेपाली भाषा र साहित्यमा निरन्तर कलम चलाइरहने डा. बलदेव शर्मा अधिकारीको ‘अक्ष’मालाको ‘अक्षर’माला प्रकाशनमा आएको छ ।

‘नेपाली वर्णविन्यासमा संस्कृतको प्रभाव’ शीर्षकमा २०७२ मा विद्यावारिधि प्राप्त गरेका तथा भाषासँग सम्बन्धित र सिर्जनात्मक गरी करिब ५० भन्दा बढी पुस्तक प्रकाशन भइसकेका छन् । यो पुस्तक नेपाली भाषाको लेख्ने तरिका र वर्णविन्याससँग सम्बन्धित छ । यसमा नेपाली भाषाका वर्णहरु, त्यसका प्रकार, लेखन र उच्चारण व्यवस्था बारेमा सङ्क्षिप्त परिचय दिइएको छ । 

पुस्तकमा विशिष्ट पाठकहरु समक्ष, स्वरवर्ण, सस्वर व्यञ्जनवर्ण, बार्‍हखरी, संयुक्ताक्षर, संयुक्त–अक्षरको उच्चारण र लेखन, साक्षारता–अभ्यासको पुनरावृत्ति, विशेष उच्चारण–अभ्यास, नेपाली वर्णमालाक्रम र सन्धि गरी नौ अध्यायमा समेटिएको छ र अन्त्यमा अक्षर लेखाउने गीत पनि दिइएको छ । 

१५४ पेजकाे पुस्तकमा नेपाली भाषाको शिक्षणका तरिकाहरुबारे सूत्रात्मक रूपमा दिइएको छ । जसले गर्दा भाषा सिक्ने सिकाउने शिक्षक, अभिभाक तथा विद्यार्थीलाई नेपाली सहज हुनेछ । उनले संयुक्त अक्षरको संरचना र त्यसको उच्चारण पनि प्रष्ट रूपमा देखाएका छन् । जस्तै; ज्ञ = ज् + ञ, त्र = त् + र, क्ष = क् + ष आदि । त्यस्तै शब्दमा आएका संयुक्त अक्षर र त्यसको उच्चारणका बारेमा पनि प्रष्ट पारिएको छ । माध्यमिक (माद्ध्यमिक), सभ्य (सब्भ्य) अध्यक्ष (अद्ध्यक्ष्य), व्याख्या (ब्याक्ख्या), तथ्य (तत्थ्य) आदि । यस्तै यस पुस्तकमा सन्धिको परिचय उदाहरण र अभ्याससहित दिइएको छ । 

 देवनागरी लिपिको परिचय, त्यसको सही प्रयोग, शब्दहरुको अक्षर संरचनालाई स्पष्ट पार्ने र नेपाली भाषा लेखनसीप विकासका लागि याे पुस्तक उपयोगी छ । नेपाली भाषा प्रति चाख राख्ने विद्वान, शिक्षक, विद्यार्थीका लागि उपयोगी र सङ्ग्रहणीय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप