शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा महानगरपालिकाको बजेट आधा मात्रै खर्च

शुक्रबार, १० जेठ २०७६, १६ : १६
शुक्रबार, १० जेठ २०७६

पोखरा – चालू आर्थिक वर्ष सकिन १ महिना बाँकी छ । तर, अहिलेसम्म पोखरा महानगरले पूरा बजेटको ४६ प्रतिशत रकम मात्र खर्च गरेको छ । 

गत वर्ष असार १० गते बसेको तेस्रो नगरसभामा मेयर मानबहादुर जिसीले पूर्वाधार, वातावरण तथा सामाजिक विकासलाई विशेष स्थान राखेर काम गर्नेमा जोड दिँदै बजेट सार्वजनिक गरेका थिए । तर, चालु आर्थिक वर्ष सकिनै लाग्दा पनि महानगरले विकास निमार्णका काम गर्न नसकेको जनगुनासो छ । मेयर जिसीले भने महानगरले विकास निमार्णका लागि प्रशस्त आधार  बनाई सकेको दाबी गर्दै आएका छन् । 

चालु आर्थिका वर्षमा महानगरले ६ अर्ब ५३ करोड ६५ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको थियो । जुन गएको वर्षभन्दा २ अर्ब ५० करोडले बढी छ । तर, आर्थिक वर्ष सकिनै लाग्दा बजेटको ४६ प्रतिशत अर्थात ३ अर्ब २० करोड ७१ लाख मात्र बजेट खर्च भएको छ । महानगरपालिकाका लेखा अधिकृत चन्द्रकान्त पौडेलका अनुसार अहिलेसम्म बजेटको ४६ प्रतिशत मात्र रकम खर्च भएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप