२ करोड १० लाख ठग्ने महिला प्रहरीको फन्दामा
काठमाडौं– २ करोड करोड १० लाख ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
घरजग्गा कारोबारी काभ्रेको रोशी गाउँपालिका ८ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका ९ बस्ने ३८ वर्षीया निलम गुरुङ, तामाङ, घिसिङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले साविकको सुन्तोल गाविस वडा नम्बर ३ मा रहेको एउटा कित्ता जग्गा देखाई सोही वडाको लप्सीफेदीको अर्को जग्गा अमित समेत लगेर नापजाँच गराई एक करोड ५० लाखमा पास गराई ठगी गरेको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी केदार ढकालले जानकारी दिए ।
ठगिएको थाहा पाएपछि धन गौचनले दिएको जाहेरीको आधारमा बबरमहलबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रहरी अनुसन्धानबाट उनले तुलसी प्रसाद देवकोटालाई इटहरीको १० कठ्ठा जग्गा मिलाइ दिन्छु भनि ६० लाख ठगी गरेको समेत खुल्न आएको छ । साथै उनले अन्य मानिसलाई समेत ठगी गरेको हुनसक्ने भन्दै जानकारी दिन महाशाखाले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण