विमानस्थलबाट ७ करोड ६७ लाख जाली भारु बरामद, को हुन् युनिस अन्सारी ?
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली भारतीय नोटसहित नेपाली र पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा यसअघि पनि जाली भारु नोट कारोबारकाण्डमा जेल परेका युनिस अन्सारी समेत रहेका छन् ।
कतार एयरवेजको विमानमार्फत नेपाल आएका तीन जना पाकिस्तानी नागरिकले सुटकेसमा ल्याएको सो जाली रकम विमानस्थलमा चेकजाँचका क्रममा शुक्रबार दिउँसो बरामद भएको थियो ।
विमानस्थल प्रहरी र त्रिवि अध्यागमन कर्मचारीको चेकजाँचको क्रममा उनीहरुले बोकेको तीन वटा सुटकेसमा नक्क्ली भारु फेला परेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
पक्राउ पर्नेमा पाकिस्तानी नागरिक मोहम्मद अख्तर, नासिर उद्दीन र नादिया अनियर रहेका छन् ।
यस्तै प्रहरीले त्यसपछि विमानस्थल परिसरमा सर्च अपरेशन चलाउँदा जाली नोट कारोबारमा सहयोगीको भूमिका खेलेको आरोपमा अरु तीन जनालाई पनि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा युनिस अन्सारी, सोहेव खान र सुजन रानाभाट रहेका छन् ।
युनिससहितको टोली सो रकम ‘रिसिभ’ गर्न पुगेको बताइएको छ ।
युनुसलाई प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ २०७० मा अन्सारीलाई ३५ लाख नक्कली भारुसहित ललितपुरबाट पक्राउ गरेको थियो ।
केन्द्रीय कारागारमा रहँदा उनीमाथि गोली प्रहार समेत भएको थियो । उनी पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुस हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला
-
सहिद सेतु विश्वकर्माका पति अटो चलाएर गुजारा गर्दै
-
राष्ट्रिय क्रिकेमा कोशी प्रदेशको लगातार चौथो हार, मधेश २ विकेटले विजयी
-
माइकल हट भन्छन्—कर्णाली साँच्चिकै दुर्गम रहेछ