शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थलबाट ठूलो परिमाणको नक्कली भारुसहित पाकिस्तानी पक्राउ

शुक्रबार, १० जेठ २०७६, १४ : ११
शुक्रबार, १० जेठ २०७६

काठमाडौं– कतार एयरवेजको विमानमार्फत नेपाल आएका तीन जना पाकिस्तानी नागरिक ठूलो परिमाणको नक्कली भारतीय नोटसहित पक्राउ परेका छन् । 

विमानस्थल प्रहरी र त्रिवि अध्यागमन कर्मचारीको चेकजाँचको क्रममा उनीहरुले बोकेको तीन वटा सुटकेसमा नक्क्ली भारु फेला परेको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले रातोपाटीले जानकारी दिए । उनका अनुसार तीन वटा सुटकेसमा रहेका नक्कली भारु अहिले गन्नेकाम भइरहेको छ । 

पक्राउ पर्नेमा मोहम्मद अख्तर, नासिर उद्दीन र नादिया अनियर रहेका छन् ।  यस्तै प्रहरीले त्यसपछि विमानस्थल परिसरमा सर्च अपरेशन चलाउँदा जाली नोट कारोबारमा सहयोगीको भूमिका खेलेको आरोपमा अरु तीन जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा युनिस अन्सारी, सोहेव खान र सुजन रानाभाट रहेका छन् । 

युनिससहितकाे टाेली साे रकम रिसिभ गर्न पुगेकाे बताइएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप