शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपुरका हावाहुरी पीडितलाई बिनोद चौधरीको सहयोग

शुक्रबार, १० जेठ २०७६, १३ : ५७
शुक्रबार, १० जेठ २०७६

काठमाडौं – नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसद एवं चौधरी फाउण्डेशनका अध्यक्ष बिनोद चौधरीले नवलपुरको देबचुली नगरपालिकाका हावाहुरी पीडितलाई एक सय बण्डल जस्तापाता सहयोग उपलब्ध गराएका छन् ।
जेठ ७ र ८ गतेको हुरी तथा असिना पानीले नवलपुरका दुई सयभन्दा धेरै घरका छानो उडाएको थियो ।  

‘नवलपुरमा आएको हुरी तथा असिना पानीले आम नागरिकमा पुर्याएको असरबाट मर्माहत भएको छु । नवलपुरको वासिन्दा र यहाँहरूको जनप्रतिनिधिका हैसियतले यस दुःखद घडीमा म यहाँहरूको साथमै रहेको छु । यो दुःख तपाईहरूको मात्रै नभएर मेरो पनि हो । हामी सबै मिलेर यसको सामना गर्नेछौँ,’ सांसद चौधरीले नवलपुरवासीलाई पठाएको सन्देशमा भनिएको छ । 

बिहीबार चौधरी फाउण्डेसनले देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठलाई जस्तापाता हस्तान्तरण गरेको थियो ।

नगरपालिकाको अध्ययन टोलीले हुरीपीडितका लागि तत्काल सबैभन्दा आवश्यकता जस्ता पाताको रहेको सुझाव दिएपछि सांसद चौधरीले तत्कालै नवलपुरवासीका लागि करिब १० लाख रुपैयाँ बराबरको जस्तापाता पठाएका हुन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप