शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिभिल बैंक लिमिटेडको शाखा अब झापाको अर्जुनधारामा

शुक्रबार, १० जेठ २०७६, १३ : ४३
शुक्रबार, १० जेठ २०७६

झापा– सिभिल बैंकले झापाको अर्जुनधारामा नयाँ शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले गर्नुभयो । 

शाखाको उद्घाटन गर्दै अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने प्रस्ट्याए । बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने बताए ।

अर्जुनधारामा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि वहाँले खुशी व्यक्त गरे ।

सिभिल बैंकका माईक्रो बैकिंङ्ग प्रमुख युवराज गुरागाईंले आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए ।

सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने बैंकका क्षेत्र नं १ का क्षेत्रीय प्रबन्धक सन्तोष कुमार बुढाथोकीले बताए ।

सिभिल बैंकको अर्जुनधारा शाखासहित यस बैंकको कुल शाखा संख्या ७४ पुगेकोे पनि बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप