बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथामा चढ्दा शिखरमा आरोहीको घुइँचो, चिसोमा घण्टौँको पर्खाइले कम्तीमा तीनको मृत्यु

शुक्रबार, १० जेठ २०७६, १३ : ३५
शुक्रबार, १० जेठ २०७६

एजेन्सी । विश्वको सबैभन्दा अग्लो शिखर चुम्ने सपना लिएर सगरमाथा आरोहण गर्नेले अहिले शिखरको माथिल्लो भागमा घुइचोँको सामना गरिरहेका छन् । 

यसले गर्दा शिखरको माथिल्लो भागमा रगत जमाउने खालको चिसोमा घण्टौं पालो पर्खिनुपर्ने भएको छ ।

रिपोर्ट अनुसार यस घुइँचोले कम्तीमा तीनको ज्यान गइसकेको छ । विभिन्न स्रोतका अनुसार शिखरबाट फर्किने क्रमममा एक अमेरिकी र दुई भारतीयको ज्यान गएको छ ।

अमेरिकाको उताह राज्यका ५४ वर्षे डोनाल्ड लिन क्यास फोटो खिच्ने क्रममा शिखरको माथिल्लो भागमा ढले र लगतै मरे । क्यासको मृत शरिरलाई शिखरमाथिबाट शेर्पाले बोकेर तल झारेका थिए ।

बुधबार क्यासकी छोरी ड्यानियाल कुकले फेसबुकमा एक पोष्ट गर्दै आफ्नो पिता ‘सात वटा शिखर चढ्ने सपना’ पुरा गरेर वितेको लेखेकी छिन् ।

त्यस्तै एक अलग घटनामा दुई भारतीयको पनि मृत्यु भएको छ । मृतक आरोहीको नाम अन्जली कुलकर्नी र कल्पना दास बताइएको छ । तीनै जनाको मृत्युमा ८००० मिटरभन्दाको पखाई कुनै न कुनै हिसाबले जिम्मेबार रहेको देखिएको छ ।

पछिल्लो समयको राम्रो मौसमका कारण यो वर्ष सगरमाथा चढ्न अनुमति पाएका धेरैभन्दा धेरैले यही बेला शिखर चढ्न थालेपछि घुइचो बढेको हो । 

विशेष गरेर मे र जुन महिनामा सगरमाथाको आरोहणका लागि उपयुक्त मानिन्छ । यो वर्ष १४ जनाको मृत्यु भइसकेको छ ।

“यसले गम्भीर अवस्था निम्त्याएको छ । किनकि माथि जाने बाटो पहिले नै खतरनाक थियो । हुन त सगरमाथाको आरोहण सधैं नै जोखिमपूर्ण नै हुन्छ त्यसमाथि घुइचो बढ्दा यात्रा झनै कठिन बनेको छ ,” पायोनियर एडभेन्चरका म्यानेजर निभेष कार्कीलाई न्यु योर्क टाइम्ससँग भने ।

भारतीय नागरिक अन्जली आरोहणको संयोजन गर्ने पर्वतारोहण एजेन्सीकी महाप्रबन्धक थुप्डेन शेर्पाका अनुसार अन्जलीको मृत्यु ‘डेथ जोन’ क्षेत्रमै भएको थियो । शेर्पाका अनुसार कुलकर्नी र उनको श्रीमानले शिखर पुग्न लामो समय पर्खनु परेको थियो । यस पर्खाईले उत्पन्न चरम थकानले अन्जलीको मृत्यु भयो । त्यसरी नै शिखर चुमेर फर्केकी कल्पनाको मृत्यु भएको थियो ।

क्यासकी छोरीले एनबीसी टेलिभिजन च्यानलसँगको कुराकानीमा मृत्युको औपचारिक कारण निर्धारण नभएको पनि आफ्नो पिताको मृत्यु हृदयघातका कारण भएको हुन सक्ने बताइन् ।

शिखरतर्फ लाग्दा क्यासले आफ्नो छोरा ट्यानरलाई म्यासेस लेखेका थिए । त्यसमा क्यासले ‘पछिल्ला ४० वर्षदेखि पढ्दै हुर्किएको शिखर चढ्न पाउदाँ निक्कै गौरवाम्भित भएको’ लेखिएका थियो ।

क्यासका लिकेंडइन पेजमा आफ्नो परिचय खण्डमा ‘विक्रि प्रबन्धकको जागिर छाडेर सातै महादेशको सर्वोच्च शिखर चढ्ने लक्ष लिएको’ लेखेका छन् । सेभेन समिट क्लब भनिने यस्ता व्यक्तिको संख्या विश्वमै एकदमै थोरै छ ।

अघिल्ला हप्तामात्रै सगरमाथा चढ्ने क्रममा एक आइरिस प्रद्यापकको पनि खसेर मृत्यु भएको थियो ।

कहिले कहिले भयो पर्वतारोहीहरुको मृत्यु

२३ मे : भारतीय पर्वतारोही अञ्जली कुलकर्णी र कल्पना दासले सगरमाथाको सफलतापूर्वक आरोहण गरे । फर्कने क्रममा अञ्जली चिप्लेर लडिन् । त्यसपछि क्याम्पमा उनको स्वास्थ्य बिग्रियो । र, उनको निधन भयो ।

२२ मे : सगरमाथा आरोहणका क्रममा अमेरिकाका ५५ वर्षीय डन क्यासको मृत्यु भयो । उनी ७ महाद्वीपको सर्वोच्च शिखर आरोहण गर्ने अभियानमा थिए । यसमा सगरमाथा अन्तिम आरोहण थियो ।

१७ मे : सगरमाथा आरोहणको क्रममा भारतीय पर्वतारोही रवि ठाकरको निधन भयो । सगरमाथाको बेस क्याम्प नजिक उनी मृत्त पाइएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप