मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तिम टेस्टमा जडेजा प्रतिबन्धित

सोमबार, २३ साउन २०७४, ०९ : ५२
सोमबार, २३ साउन २०७४

कोलम्बो । भारतीय स्पीनर रविन्द्र जडेजा श्रीलंकाविरुद्धको अन्तिम तथा तेस्रो टेस्टका लागि प्रतिबन्धित भएका छन् । 
आचारसंहिता ताड्दै पछिल्ला २४ महिनामा ६ डिमेरिट अंक बटुलेपछि जडेजाले प्रतिबन्ध खेप्नु परेको हो ।

कोलम्बो टेस्टअघि जडेजाले तीन डिमेरिट अंक बटुलेका थिए । सन् २०१६ मा इन्दौरमा भएको टेस्टमा पिचमा कुदेका कारण उनलाई सो अंक दिइएको थियो । 

दोस्रो टेस्टको दोस्रो टेस्टको ५८ औँ ओभरमा श्रीलंकाविरुद्ध गरेको उनको व्यवहारको कारण आइसीसीले उनलाई कारवाही गरेको हो ।

आफूले गरेको बलिङमा फिल्डिङ गर्दै जडेजाले श्रीलंकाली ब्याटसम्यान मलिन्दा पुष्पकुमारामाथि खतरनाक तरिकाले बल फोलेको मैदानमा रहेका अम्पायर रड टकर र ब्रुस अक्सनफोर्डको निश्कर्ष छ । उनीहरुले जडेजाले खेलाडीहरुको नियम २.२.८ उल्लंघन गरेको बताएका छन् ।

जडेजाले आरोप स्वीकार गर्दै प्रतिबन्ध स्वीकार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप