शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दरबार हाइस्कुलको मुख्य भवनको निर्माण कार्य सकियो (फोटोफिचर)

शुक्रबार, १० जेठ २०७६, १२ : ४४
शुक्रबार, १० जेठ २०७६

काठमाडौं–भूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाइस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न गरिएको छ । 

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको सो हाइस्कुलको मुख्य भवनको शुक्रबार एक कार्यक्रमका बीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका हु्न् । 

भूकम्पले ध्वस्त बनाएको सो दरबार हाईस्कुलको मुख्य भवनको निर्माणको कार्य १० महिना भित्रै सम्पन्न गरिएको सो विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिए । 
४६ कोठा रहेको सो चार तले भवनको फिनिसिङको काम भने ४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य सो भवनको निर्माण कार्यमा संलग्न चीनको एससीजी कम्पनीले लिएको छ । 

२० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७५ साल श्रावण १८ गतेबाट सो दरबार हाईस्कुलको निर्माण कार्य सुरु गरिएका थियो । तर तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण कार्य सम्पन्न भएको पनि सो विद्यालयका प्रधानाध्यापक महतोले बताए ।

कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदुत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको जानकारी दिइन् । 
२०१० सालमा स्थापना भएको दरबार हाईस्कुल नेपालको पहिलो आधुनिक हाईस्कुल हो । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले सो विद्यालयको भवन ध्वस्त बनाएपछि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भईरहेकोे हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप